हाइलाइफले दियो मोरङ फुटबल क्लबको यु–१८ टोलीलाई १ लाख ६० हजारको खेल सामग्री

हाइलाइफले दियो मोरङ फुटबल क्लबको यु–१८ टोलीलाई १ लाख ६० हजारको खेल सामग्री
+
-

विराटनगर – हाइलाइफ सुज एण्ड स्लिपरले मोरङ फुटबल क्लब, विराटनगरको १८ वर्षमुनिको टोलीलाई एक लाख ६० हजार रुपैयाँ बराबरको खेल सामग्री प्रदान गरेको छ । विराटनगरमा क्लबद्वारा आयोजित कार्यक्रममा हाइलाइफले खेलाडीलाई जर्सी, जुत्ता, बल लगायतका सेट सामग्री उपलब्ध गराएको हो ।

उक्त सेटमा ४० थान जर्सी, २२ जोर जुत्ता, ५ वटा बल लगायत रहेको छ । क्लबले मंगलबारदेखि काठमाडौँमा हुने १८ वर्षमुनिको ललित स्मृति युथ फुटबल प्रतियोगिता २०१८ मा सहभागिता जनाउँदैछ ।

प्रतियोगिता अन्तर्गत समूह बी मा रहेको मोरङको टोलीले पहिलो खेल असार १० गते विभागीय टोली नेपाल पुलिस क्लबसँग खेल्नेछ । त्यसैगरी दोश्रो खेलमा १२ गते काठमाडौँको व्रिगेड ब्वाई र १४ गते जावलाखेल फुटबल क्लबको सामना गर्नेछ ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले प्रतियोगितामा सहभागी टोलीलाई शुभकामना दिए । उनले खेलकुदको विकास विद्यालयस्तरबाट गरिनु पर्नेमा जोड दिए । साथै खेलकुदका लागि महानगरपालिका सहयोग गर्नका लागि तयार रहेको बताए । त्यसैगरी कार्यक्रममा क्लबका अध्यक्ष रविन दाहालले मेयर पराजुलीलाई मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रम पछि, टोलीका प्रशिक्षक पारस चौधरीले टोली सन्तुलित र स्तरीय रहेको बताए। उनले भने, “हामी उपाधि हात पार्ने लक्ष्यसाथ जादैछौं विगतको नतिजा भन्दा फरक नतिजा आउने पक्का छ।” यसअघिको दुई संस्करणमा टोली सेमीफाइनलबाट बाहिरिएको थियो । यसपटक टोलीको कप्तानीको जिम्मेवारी उर्लाबारीका सूर्य क्षेत्रीले वहन गर्नेछन्। उनी क्लबको पहिलो रोजाईको गोलकिपर हुन् ।

कार्यक्रममा मोरङ जिल्ला फुटबल संघका अध्यक्ष दीपेन्द्र धिमाल, पूर्व अध्यक्ष सन्तोष बानिया, पूर्व अध्यक्ष शिवभक्त जोशी, एन्फाका कार्यालय तथा कर्मचारी ब्यवस्थापन मस्यौदा विनिमय समितिका सदस्य बसन्त अर्याल, हाइलाइफका कार्यकारी निर्देशक बिकास चौधरी, स्पार्क नेचुरोप्याथी अस्पतालका प्रमुख रुपेश अधिकारी, फुटबल पदाधिकारी दिपक क्षेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?