म्याद गुज्रिएको पाउडर मिसाएर दूध बेच्ने डेरीमा शिलबन्दी

म्याद गुज्रिएको पाउडर मिसाएर दूध बेच्ने डेरीमा शिलबन्दी
+
-

काठमाडौँ – काठमाडौँको बालाजु औद्योगिक क्षेत्रभित्र रहेका दुईवटा डेरीका चारवटा गोदाममा कृषि मन्त्रालयले शिलबन्दी गरेको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालसहितको टोलीले सोमबार अनुगमन गर्दै ४ वटा गोदाममा शिलबन्दी गरेको छ । आधुनिक डेरी पोड्क्ट प्रालिका तीन वटा गोदाम र पुष्प डेरीमा शिलबन्दी गरिएको हो ।

भारतबाट आयात गरिएका मिति गुज्रिएको पाउडर दुधमा मख्खन घोलेर बेच्ने गरेको पाइएपछि शिलबन्दी गरिएको हो । उद्योगको गोदाममा मिति गुज्रिएको पाउडरका बोरा भेटिएका थिए ।

भारतबाट एक बोरा किन्दा अर्को एक बोरा सित्तैमा पाइने पाउडर मिसाउँदै दुधका प्याकेट बनाएर गुणस्तरहिन दूध बेच्ने गरेको पाइएको छ ।
सामूहिक कृषक लिमिटेडको उत्पादन सुलभ डेरी र सरकारी स्वामित्वको नेपाल दुग्ध विकास संस्थान (डिडिसी)मा पनि मन्त्रीको टोलीले अनुगमन गरेको छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले परिणाम नआउँदासम्म अनुगमन जारी राखिने बताए । यसअघि सोमबार बिहान काठमाडौँका सबै डेरीबाट दुग्धजन्य पदार्थको ३० वटा नमुना संकलन गरेर गुणस्तर तथा नापतौल विभागमा परीक्षणका लागि पठाइएको छ । त्यसको परिणाम बेलुकी सम्म दिन मन्त्री खनालले निर्देशन दिएका छन् ।

केही दिन यता मन्त्री खनालले अनुगमनलाई निरन्तरता दिइरहेका छन् । यसअघि कालिमाटी र बालाजुका ९९ वटा फलफूल, तरकारी र माछा व्यापारीलाई कारबाहीको सूचिमा राखिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?