नेपाललाई दीगो विकासको लक्ष्‍यमा पुर्‍याउन ‘आइसिटी कन्फेरेन्स’

नेपाललाई दीगो विकासको लक्ष्‍यमा पुर्‍याउन ‘आइसिटी कन्फेरेन्स’
+
-

काठमाडौं- सूचना प्रविधिको क्षेत्रमा काम गरिरहेको संस्था कम्‍प्‍युटर एशोसिएशन अफ नेपाल महासंघले असार ३ र ४ गते अन्तराष्ट्रिय स्तरको सूचना प्रविधि सम्‍मेलन (आइसिटी कन्फेरेन्स) गर्ने भएको छ। क्‍यान महासंघले यसअघिका सत्रौ संस्करणसम्‍म आइसिटी कन्फेरेन्सलाई क्‍यान इन्फोटेकको एउटा भागका रुपमा गरे पनि १८ औ संस्करण भने छुट्टै कार्यक्रमको आयोजना गरि गरिने भएको क्‍यानका महासचिव रञ्‍जित पोदादरले जानकारी दिए।

महासचिव पोदारले भने, ‘प्रविधि क्षेत्रलाई नजिकबाट अवलोकन गरिरहेको बेला हामीले यस वर्षदेखि यस्तो कन्फेरेन्स विशेष रुपबाट छुट्टै कार्यक्रमको आयोजना गरेका छौ। दीगो विकासका लक्ष्‍यलाई  एसडिजी गोललाई लक्षित गरी हामीले सरकारको प्राथमिकतालाई सहयोग गर्न चाहेका छौ।’

दुई दिनसम्‍म चल्ने सम्‍मेलनमा सूचना प्रविधिमा भएका प्रयोग र पहुँचहरुलाई कसरी सर्वसलभ बनाउने भन्‍ने उद्देश्‍यका साथ पूर्वाधार, डिजिटल इकोनोमी, सुरक्षा र सेवा साथै यसका उपलब्धि र भावी योजनाहरुको बारे कार्यपत्र पेश गरिने बताए। उनले भने ‘ स्मार्ट सोसाइटी, स्मार्टपालिका ( स्मार्ट स्थानीय तह) निर्माण सम्बन्धि अवधारणा तयारी गरी नेपाल सरकार, सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय र यससँग सम्बन्धित निकायहरुलाई हस्तान्तरण गर्छौ।

यसका साथै सम्‍मेलनमा शहरी विकास मन्त्रालय अन्तर्गत रहेर स्मार्ट सिटीको गुरु योजना (मास्टर प्लान) बनाउने तयारी गरेको छ। कार्यक्रममा सरकारका अर्थमन्त्री एवं अर्थविद् डा. युवराज खतिवडाले दिगो विकासका लक्ष्‍यमा सूचना प्रविधि प्रयोगतर्फ सरकारले अहिलेसम्‍म भएका प्रयास र हालै सरकारले गरेका आगामी कार्ययोजनाहरु जानकारी गराउनेछ।

त्यति मात्रै नभएर चीन, भारत, मलेसिया, सिंगापुर, श्रीलंका, बंगलादेश, दक्षिण कोरिया तथा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडिपी)का विषयगत विशेषज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन्।

कन्फेरेन्स ललितपुरको होटल हिमालयमा आयोजना गरिनेछ जसका लागि सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय, सहरी विकास मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूर सञ्‍चार प्राधिकरण, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), यूएनडीपी नेपाल, पर्यटन बोर्ड, सूचना प्रविधि सम्बन्धि अन्तराष्ट्रिय संसंथा असिस्को, क्‍यान युएसए र माइक्रोसफ्टले सहयोग गर्ने क्‍यानकी उपाध्‍यक्ष सुनैना पाण्डे घिमिरेले बताइन्।

उनले भनिन्, ‘ प्रविधिको नविनतम उपलब्धिलाई संस्थागत गर्न हामीले यो कन्फेरेन्स योजना गरेका छौ। यसले विशेषत: सरकारलाई विद्युतीय सुशासनमा ठूलो भूमिका निर्वाह गर्नेछ भने नेपालीलाई स्मार्ट शैलीमा परिणत गर्न आधार बन्‍नेछ।’

यस्तै क्‍यान महासंघका अध्‍यक्ष हेमन्त चौरसियाले सरकारले इन्टरनेट सस्तो बनाउनुको साटो उल्टै १३ प्रतिशत ट्‍याक्स लगाएर नेपालीलाई इन्टरनेटमा महंगी बनाउन नहुने बताए।

उनले भने ‘ सरकारको बजेटमा इन्टरनेट सेवामा पनि १३ प्रतिशत ट्‍याक्स लगाउने कुरा आएको छ। यसले इन्टरनेट सस्तोको साटो महंगो हुनेछ। र नेपालीले इन्टरनेट चलाउन गाह्रो र महंगो पर्छ। यसलाई नि:शुल्क बनाउनु आवश्‍यक छ।’ प्रविधि इन्टरनेट बिना अधुरो रहेको भन्‍दै उनले इन्टरनेटमा सरकारले पहिलो कदम चालेर जनताको घरदैलोमा पुर्‍याउनु पर्नेमा जोड दिए।

क्‍यान कन्फेरेन्सको मूख्‍य प्रयोजक सुविसु केबल नेट, सह-प्रायोजकमा मोटोरोला नेपालको आधरिकारिक विक्रेता लाइभकम रहेका छन् भने योमरी, ईसेवा, हुवावे, वर्ल्ड लिंक, भायनेट, मर्कन्टायल, म्‍याक्स कनेक्ट, डिजिकम, इन्फो डेभलपर्स, नेपाल कलेज अफ इन्फरमेशन टेक्नोलोजी, शास्त्र नेटवर्क, एक्सेस वर्ल्‍ड, लर्डबुद्ध एजुकेशन फाउन्डेशन र सारथीले सहयोग छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?