
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबिच सिंगापुरमा ऐतिहासिक वार्ता भइरहेको छ । यो वार्तालाई ‘समिट अफ द सेन्चुरी’ को रुपमा विश्लेषण गरिएको छ ।
ट्रम्प र किमबिचको वार्ताले तनावपूर्ण रहेको दुई देशको सम्बन्ध तथा विश्व शान्तीमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्ष गरिएको छ । यो ऐतिहासिक वार्ताको आतिथ्यता सिंगापुरले प्रदान गरेको छ ।
त्यहाँको सेन्तोसा आइल्याण्डको पाँच तारे होटलमा वार्ता भएको हो । ट्रम्प र किमबिच स्थानीय समय अनुसार मंगलबार बिहान सुरुवाति भेट भयो । त्यसमा दुवै नेताले हात मिलाए अनि अभिवादन गरे ।
त्यसपछि ट्रान्सलेटरसहित वार्तामा गए । त्यो वार्तापछि दुवै पक्षका टोलीसहितको वार्ता भयो । लन्च गरेका थिए । लन्च गरेर निस्कने बेलामा ट्रम्पले वार्ता सकारात्मक भएको बताएका थिए ।
सबै तस्बिर : रोयटर्स