
काठमाडौँ-विश्व फुटबलको महाकुम्भ मेला विश्वकप फुटबल रुसमा दुई दिनपछि सुरु हुँदैछ। विश्वकप रुसमा हुने भएपनि त्यसको ‘ज्वरो’ नेपालमा पनि लागेको छ ।
विश्वकपको रौनक घरदेखि सडक, चोक, चौतारो, गल्ली, गाडी सबै तिर देखिन्छ। आफूले सपोर्ट गर्ने टिम र खेलाडीको नम्बर रहेको जर्सी लगाउने युवा भेटिन्छन् । अनि प्रौढ तथा बालबालिका पनि सजिलै देखिन्छ । विश्वकपको रौनक भक्तपुरमा पनि चढेको छ।
भक्तपुरका चोक, गल्ली सबै तिर जर्सी छन् । जर्सी लगाएका विभिन्न देशका समर्थहरु पनि। विश्वकपको छप्पकै छोपेको छ भक्तपुरलाई।