‘प्रदेश एकको राजधानी धनकुटा हुनुपर्छ’

‘प्रदेश एकको राजधानी धनकुटा हुनुपर्छ’
+
-

सुनसरी- संघीय समाजवादी फोरम नेपालका प्रदेश नम्बर एक संसदीय दलका नेता जयराम यादवले प्रदेश राजधानी धनकुटा हुनुपर्नेमा जोड दिएका छन्।

सुनसरीको इटहरीमा मंगलबार गैह्र सरकारी युवा महासंघद्वारा आयोजित प्रदेशस्तरीय युवा भेला कार्यक्रममा नेता यादवले राजधानीको लागि धनकुटा उत्तम बिकल्प भएको बताएका हुन्।

पछिल्लो समय राजधानी र प्रदेशको नामाकरणको विषयमा चर्चा चलिरहदां संसदमा ३ जना सदस्य रहेको फोरमका नेता यादवले भौगोलिक तथा मौषमका कारण अन्य क्षेत्र भन्दापनि धनकुटा राजधानीको लागि उपयूक्र्त भएको बताएका हुन्। यस अघि कार्यक्रममा इटहरी उपमहानगरपालिकाका उपमेयर लक्ष्मी गौतमले राजधानी इटहरीलाई बनाउने पर्ने तर्क अघि सारेकी थिइन्।

उनको तर्कलार्क जोड्दै नेता यादवले इटहरी र विराटनगरमा कुनै भिन्नता नभएको र भौतिक संरचनासमेत विराटनगरमा पर्याप्त रहेको उल्लेख गरेका थिए। उनले भने, विराटनगर र इटहरीमा के नै फरक छ र ? न भौगोलिक फरक छ न वातावरणीय भिन्नता राजधानीकै लागि अघि बढाउने हो भने, धनकुटा उपर्युक्त स्थान रहनेछ।

उनले विराटनगर बाहेक अन्यत्र राजधानी सार्ने कुरा आए आजैबाट धनकुटामा राजधानीका लागि आवश्यक संरचना तयार गनुपर्नेमा जोड दिए। पहाड मधेशको सन्तुलित बसोवास तथा समान विकाससमेत हुने हुँदा धनकुटा उपयुक्त स्थान हुने यादवको भनाई थियो।

अषाढ १ गते प्रदेश नम्बर एकको बजेट आउदैछ। साथै सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको बारे छलफल चलिरहेको छ। कार्यक्रमअनुसार बजेट ल्याउने तयारी गरिरहेको प्रदेश सरकारले राजधानी र नामाङकनको काममा ढिला गरिरहेको नेता यादवले आरोप लगाएकाछन्।

उनले यस्तै अवस्थाबाट काम गर्ने हो भने, असोजसम्ममा पनि यसले पूर्णता पाउनेमा आंशका व्‍यक्त गरे। कार्यक्रममा समाजिक मन्त्री जीवन घिमिरे, सांसद सुयर्माराज राई, कुशल लिम्बु लगायतको उपस्थिती रहेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?