
काठमाडौँ – नेकपाका सांसद योगेश भट्टराईले नेपालमा उत्पादन हुने अलैँचीलाई सीधै विश्व बजारमा पुर्याउन सरकारको ध्यानकर्षण गराएका छन् ।
बुधबारको संसद बैठकमा सांसद भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका अलैँची निर्यातको विषयमा प्रमुखताका साथ उठाउन माग गरेका हुन् ।
चीन नेपाली अलैँचीको ठूलो बजार भए पनि सीधै निर्यात नहुँदा उचित मूल्य नपाउनुका साथै किसानले धेरै किसिमका समस्या भोग्न बाध्य भएको बताए ।
चीन तथा बंगलादेश ठूला बजारमा सीधै अलैँची निर्यात गर्न सके नेपालले भोग्दै आएको व्यापार घाटालाई कम गर्न सकिने उल्लेख गरे ।
भारतबाट मात्र अलैँचीको निर्यात हुँदा नाफाको ठूलो हिस्सा उतै रहने गरेको बताए । सांसद भट्टराईले तोप्लेजुङ जिल्लालाई अलैँचीका हवका रुपमा विकास गर्न माग गरे ।