कार्टुन उत्पादन गर्ने उद्योगमा आगलागी, १४ घण्टा हुँदा पनि नियन्त्रणमा आएन

कार्टुन उत्पादन गर्ने उद्योगमा आगलागी, १४ घण्टा हुँदा पनि नियन्त्रणमा आएन
+
-

मोरङ – मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर–३, बाँसवारी नजिकै रहेको कार्टुन उत्पादन गर्ने उद्योगमा लागेको आगलागी १४ घण्टासम्ममा पनि नियन्त्रणमा आउन सकेको छैन ।

बुधबार राति करिब १० बजे अरिहन्त अटो कोरोगेशनको गोदाम बाहिरबाट आगो सल्किएको अनुमान गरेको जिल्ला प्रहरी कार्यालयका अनुसार अझै पनि आगो नियन्त्रणको कार्य जारी रहेको छ ।

प्रहरी कार्यालयका अनुसार, उक्त गोदाममा लागेको आगो नियन्त्रणका लागि हाल झापा, सुनसरी, मोरङ र राजविराजबाट १२ वटा वारुणयन्त्र जुटेका छन् ।

ठूलो क्षेत्रफलमा अवस्थित गोदामभित्र जलेका कार्टुन, गत्ता लगायतका सामाग्री हाल डोजरले निकाल्दै नजिकैको खोलामा थन्काउदै आएको छ । आगलागी पूर्णरुपमा नियन्त्रणमा आउनका लागि अझै पनि समय लाग्ने प्रहरीको भनाई छ ।

आगलागी नियन्त्रणका लागि स्थानीयले पनि सहयोग गरेको बताएका मोरङ प्रहरी प्रमुख एसपी मनोज केसीले भने, आगलागीको विषयमा छानविन जारी छ र अहिलेनै आगलागीको कारण खुल्न सकेको छैन ।

आगलागीबाट करोडौंको क्षति भएको प्रहरीको अनुमान छ । आगो नियन्त्रणका लागि नेपाली सेनाको टोली, सशस्त्र प्रहरी बल, नगरप्रहरी र स्थानीय खटिएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?