विश्वकप फुटबल- १८

विश्वकप हेर्न लेखक, सञ्चारकर्मीको यस्तो योजना

+
-

काठमाडौँ– विभिन्न पेशा व्यवसायमा आबद्ध व्यक्तिहरु बिहीबारदेखि सुरु हुने विश्वकप फुटबलको व्यग्र प्रतीक्षामा छन्। खेल हेर्न सबैजसो खेलप्रेमीहरुले कुनै न कुनै किसिमले तयारी गरिसकेका छन्।

आफ्नो फेबरेट टिम र खेलाडीले जितोस् भन्ने कामनाका साथ फुटबलको रणसंग्राम हेर्न व्यस्त दैनिकीबाट फुर्सद मिलाउने तयारी सबैले गरेका छन्। खेलकुदका सदाबहार प्रेमी दर्शक मात्र नभएर, लेखन, कलाकारिता र पत्रकारितमा संलग्न बेफुर्सदिला व्यक्तिले समेत एक महिनाका लागि समय मिलाउने चाँजोपाजो गरिसकेका छन्।

फुटबलको ब्यग्र प्रतीक्षामा रहेका मध्ये एक हुन् लेखक खगेन्द्र सागौला। तीता, पिरा र ब्यंग्यमा गोली चलाइरहने खगेन्द्र संगौला आफू कमजोर टिमको समर्थक रहेको सुनाउँछन्। भूकम्पका कारण घरबाट टिभी हटे पनि साथीभाइसँग गएर खेल हेर्ने योजनामा छन्।

त्यस्तै, सबै विषयमा चासो राख्ने पाका पत्रकार किशोर नेपाल पनि एक महिनासम्म हुने फुटबल खेल नियमित हेर्ने तयारीमा छन्। सबै क्षेत्रमा उत्तिकै कलम चलाउने नेपाल फुटबलका पनि उत्तिकै पारखी हुन्। उनले सामूहिक रुपमा फुटबल हेर्न योजना बुनेका छन्। खास कुनै टिमको समर्थक नरहेका नेपाल वर्ल्डकपको विजेता टिमलाई नै आफ्नो समर्थन रहने सुनाउँछन्।

सञ्चारकर्मीका रुपमा कान्तिपुर टेलिभिजन, बिबिसी नेपाली सेवालगायत सञ्चारगृहमा काम गरिसकेकी कल्पना ढकाल पनि फुटबलको व्यग्र प्रतीक्षामा छिन्। साहित्यमा समेत रुचि राख्ने ढकाल सानैदेखि बाज्रिलको सर्मथक रहेको बताउँछिन्। अहिले नयाँ पब्लिकेशन्स् हाउसको तयारीमा व्यस्त  रहे पनि उनी फुटबललाई समय छुट्याउँछिन्।

अंग्रेजी समाचार बाचिका सिवानी थापा पनि फुटफलप्रति अत्यन्तै मोह राख्छिन्। अर्जेटिनाको समर्थक रहेकी थापाले व्यस्त समयका बाबजुद विश्वकपका सबै खेल गर्ने तयारी गरेकी छिन्।

फुटबलप्रति चासो र रुचि राख्ने उनीहरुसँग बिन्दु शर्माले गरेको कुराकानी यो भिडियोमा प्रस्तुत गरेका छौँ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’