फरिदावादमा ३६ घण्टा लगातार ‘डिउटी’ गरेका एक सुरक्षाकर्मीको मृत्यु भएको छ। उच्च तापक्रममा काम गर्ने ती सुरक्षाकर्मी एक्टल कम्पनि फरिदावादको ५९ औँ सेक्सनमा कार्यरत थिए।
उनले अन्तिम सास लिँदै गरेको एउटा भिडियोमा कैद भएको छ । मृतक सुरक्षाकर्मी एक्टल कम्पनीमा २५ वर्षदेखि कार्यरत थिए।
कम्पनीलाई मृतक सुरक्षाकर्मीको बारेमा सुचना भएअनुसार उनको मृत्यु ‘लु’ लागेर (हिट स्ट्रोक) भएको हो। उनी केहि समय अगाडि देखि बिरामी थिए।
मृतकका भतिजाका अनुसार उनले मृत्यु हुनु भन्दा आधाघण्टा अगाडिसम्म प्राथमिक उपचार पाएनन्। सुरक्षाकर्मीले काम गर्ने ठाउँमा पानीको पहुँच नभएको र घामबाट जोगिने कुनै छायाँ नभएको पीडित पक्षले आरोप लगाएका छन्। मृतकको शरीरको पोस्टमार्टम गरिएको छ र थप अनुसन्धानको लागि राखिएको छ।

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































