प्रदेश नम्बर एकमा ३५ अर्बको बजेट आउँदै

प्रदेश नम्बर एकमा ३५ अर्बको बजेट आउँदै
+
-

मोरङ-आर्थिक वर्ष २०७५/७६ का लागि प्रदेश नम्बर एकको बजेट शुक्रबार आउँदैछ। प्रदेश सरकारले विराटनगरस्थित प्रदेश सभा भवनमा औपचारिक रुपमा ४ बजे करिब ३५ अर्बको बजेट सार्वजनिक गर्ने आर्थिक मामिला मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार उक्त बजेटमा २९ अर्ब संघीय सरकारबाट प्राप्त अनुदानपनि समावेश रहनेछ। त्यसैगरि, राजश्व तथा ५ अर्ब बढि आन्तरिक आम्दानी हुने पूर्वानुमान प्रदेश सरकारको रहेको छ।

मन्त्रालयका अनुसार प्रदेश सरकारलाई संघीय सरकारले कुल २८ अर्ब ८१ करोड ८१ लाख रुपैया उपलब्ध गराउनेछ।जसमा सशर्त अनुदानतर्फ १३ अर्ब २७ करोड ६७ हजार, वित्तीय समानीकरणअन्तर्गत ६ अर्ब ६१ करोड ३ हजार र राजस्व बाडफाडबाट ८ अर्ब ९३ करोड ११ लाख ८१ हजार रुपैया प्राप्त हुनेछ।

प्रदेश सरकारलाई घरजग्गा रजिस्ट्रेसन, पर्यटन, सवारी, मनोरञ्जन, विज्ञापन र प्राकृतिक श्रोतसाधनबाट राजस्व सङकलन गर्ने अधिकार रहेको छ । त्यसबाट न्युनतम् ५ अर्ब संकलन गर्ने मन्त्रालयको अनुमान छ। पहिलो संरचना भएकोले आन्तरिक श्रोतबाट कति कर संकलन हुन्छ भन्ने यकिन भने भइनसकेको मन्त्रालयले जनाएको छ।

यसअघि आइतबार सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम बुधबार पारित भएको थियो। जसमा प्रतिपक्षी दल नेपाली कांग्रेस र संघीय समाजवादी फोरम नेपालले संशोधन प्रस्ताव अस्वीकृत गर्दै कार्यक्रम पास भएको गरिएको थियो। कार्यक्रममा गरिबी हटाउने, गरिब परिचय पत्र वितरण गर्ने। रोजगारी जस्ता कुरालाई प्राथमिकता दिइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?