प्रदेश ७ को सरकारद्धारा २५ अर्बको बजेट

प्रदेश ७ को सरकारद्धारा २५ अर्बको बजेट
+
-

धनगढी- प्रदेश नम्बर ७ को सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि शुक्रवार बजेट ल्याएको छ।

शुक्रवार दिउसो ३ बजे बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले करिव २५ अर्व ६ करोड ५६ लाख १४ हजारको बजेट प्रस्तुत गरे। जसमा चालु तर्फ १३ अर्ब ३५ करोड ८ लाख १ हजार र पूजीगत तर्फ ११ अर्ब ७१ करोड ४८ लाख १३ हजार रुपैया बजेट राखिएको छ।

संघियता कार्यन्वयन, कृषिमा आत्मनिर्भर, सन्तुतिन प्रादेशिक विकास, गरिबी न्यूनीकरण लक्षित कार्यक्रम, जल स्रोतको बहुउपयोग, व्यवसायीक शिक्षामा जोड, स्वरोजगार मुलक कार्यक्रम लगाएतका शिर्षकहरु बजेटको प्राथमिक्तामा रहेको अर्थमन्त्री बोहराले बताए। उनले विशेष गरेर कृषि क्षेत्रमा बजेटको विनियोजन गरिएको बताए।

बजेटले शिक्षा क्षेत्रको सुधारका लागि पनि विशेष जोड दिएको छ। सामुदायीक विद्यालयहरुको संरचनात्मक यंव गुणात्मक सुधारमा बजेट विनियोजन गरिएको छ।

उच्च शिक्षाका लागि शहिद दशरथ चन्द छात्रवृत्ति, जयपृथ्वीबहादुर सिंह छात्रवृत र टिकाराम पार्की छात्रवृति एंव उच्च माध्यकिम विद्यालयमा जिल्लामा सर्वोत्कृष्ट नतिजा हासिल गर्ने छात्राहरुलाई पुरस्कृत गरिने आगामि आर्थिक बर्षको बजेटमा समावेश गरिएको छ।

अर्थमन्त्री बोहराले पछिल्लो समय खेलकुद प्रति युवा आक्रर्षणलाई लिएर बजेट विनियोजन गरको बताए।प्रदेश सरकारले फाप्ला क्रिकेट मैदान निमार्णको लागि ५ करोड विनियोजन गरेको छ।

यस्तै हरेक निर्वाचन क्षेत्रमा एक खेलकुद मैदन निर्माण गरिने भएको छ। अस्पताल र स्वास्थ सेवा सुधारमा जोड र स्वास्थ्य सेवा सबैको पहँुचमा पु¥याउन सरकाले बजेटमा विषेश जोड दिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?