प्रदेश नम्बर एकको बजेट ३५ अर्ब ९३ करोड

प्रदेश नम्बर एकको बजेट ३५ अर्ब ९३ करोड
+
-

काठमाडौं- आर्थिक वर्ष २०७५/७६ का लागि प्रदेश नम्बर एकले ३५ अर्ब ९३ करोड ६० लाख रुपैयाको बजेट सार्वजनिक गरेको छ।

शुक्रबार विराटनगरस्थित प्रदेश सभा भवनमा आन्तरिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले बजेट सार्वजनिक गरेका हुन्। जसमा कुल विनियोजन मध्ये चालुतर्फ १४ अर्ब ९२ करोड र १८ लाख रुपैया, पुँजीगततर्फ १८ अर्ब ५० करोड ९२ लाख रुपैया रहेको छ।

त्यसैगरि, बजेटमा अन्तर सरकारी हस्तान्तरणतर्फ २ अर्ब ५० करोड ५० लाख रुपैया रहेको छ। बजेटको विषयमा प्रतिपक्षी दल नेपाली कांग्रेसले भने सरकार रनभुल्लमा परेको जनाएको छ। कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले भने, ‘बजेटमा सरकारले रकम कहा लगानी गर्ने भन्नेमा भुलेको छ, अल्झिएको छ।”

उनले प्रदेश सरकारको पहिलो बजेट थोरै पैसाबाट धेरै उदेश्य पुरा गर्न उन्मुख देखिएको बताए। कृषीप्रधान राष्ट्र कृषीलाई बलियो बनाउने सरकारले जनाएपनि बजेट ८५ करोडमात्र बिनियोजन गर्नु आफैमा कम रहेको नेता कार्कीको भनाइछ।

उक्त बजेटको श्रोतका रुपमा सरकारले राजस्वबाट ३ अर्ब ६६ करोड ७८ लाख रुपैया राखिएको छ। त्यसैगरि, अनुदानबाट २२ अर्ब ८८ करोड ७० लाख, राजस्व बाडफांडबाट ९ अर्ब १८ करोड ११ लाखबाट ब्यहोरिने जनाएको छ। त्यसैगरि चालु आर्थिक वर्षको नगद मौज्दात करिब २० करोड रहने पूर्वानुमान मन्त्रालयले गरेको छ।

प्रदेश नम्बर एकमा कृषी, पर्यटन, जलश्रोत र उर्जा विकास, गरिबी तथा बेरोजगारी, उद्योग, शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद, वन वातावरण सरसफाइ खानेपानी, सिचांइ र नदी नियन्त्रण, शान्ति सुरक्षा, सुशासन लगायतलाई प्राथमिकतामा राखिएको छ।

त्यसैगरि, नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नम्बर एकका वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले भने, “बजेट समग्रमा सन्तुलित भएको, सबै क्षेत्रलाई बजेट पारेको छ। साथै पहिलो बजेट भएकोले यसको खर्च कसरी हुन्छ त्यसमा धेरै कुरा निर्भर हुनेछ।”

उद्योग क्षेत्रलाई समेत सकारात्मक रुपमा समेटेको बजेटका बारेमा प्रस्टाउदै राउतले भने, पर्यटन क्षेत्रका लागि केबलकारमा नीजि क्षेत्र समेट्ने कुरा सान्र्दभिक रहेको छ।

विराटनगर र आसपासका क्षेत्रमा औद्योगिक करिडोरको रुपमा विकास गर्ने, औद्योगिक लगानीलाई प्रोत्साहन गर्न जग्गा उपलब्धसंगै लगानी सुरक्षा प्रदान गर्ने, पूर्वाधारको विकास कानूनी क्रममा जग्गा उपलब्ध र सुरक्षा प्रत्याभूति, औद्योगिक क्षेत्रका लागि अन्र्तराष्ट्रिय प्रदर्शन केन्द्र, संघीय सरकारको सहयोगमा प्रदेश भित्र आर्थिक क्षेत्र सेजको स्थापना कार्य थालनी लगायतका विषयहरुले औद्योगिक क्षेत्रका लागि सुखद रहेको वरिष्ठ उपाध्यक्ष राउतको भनाइ छ।

बजेट मार्फत प्रदेश १ का प्रत्येक स्थानीय तहलाई २३ लाख र एक आयोजनाका लागि हरेक स्थानीय तहलाई १ करोड बिनियोजन गरिएको छ। बजेटमार्फत कृषिमा ८५ करोड बिनियोजन गरिएको छ । यस्तै पर्यटन क्षेत्रका लागि ८९ करोड बिनियोजन गरिएको छ।

यसैगरी उद्योगमा १ अर्ब २० करोड र शिक्षा क्षेत्रमा १ अर्ब ३५ करोड छुटयाईएको छ। खेलकुदतर्फ भने, इटहरीमा अन्र्तराष्ट्रियस्तरको क्रिकेट मैदानको निमार्ण गरिने घोषणा गरिएको बजेटमा खेल क्षेत्रका लागि ४३ करोड बिनियोजन गरिएको छ। ५ वर्ष भित्र प्रदेशको सुकुम्वासी समस्या समाधान गरिने योजना पनि बजेट मार्फत सार्वजनिक गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?