माैसम

अहिलेको वर्षे पानीमा राजस्थानको बालुवा र धुलो

अहिलेको वर्षे पानीमा राजस्थानको बालुवा र धुलो
+
-

काठमाडौँ – देशका प्रायः सबै क्षेत्रको मौसम शनिबार बलदी हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेषगरी पूर्वको पहाडी क्षेत्रमा पूर्ण बदली भइ पानी पर्ने सम्भावना रहेको मौसमविद सुवास रिमालले जानकारी दिए ।

यस्तै पूर्वी तराईका केही क्षेत्रमा मौसम खुलेको जस्तो देखिए पनि अरु प्रायः सबै क्षेत्रको मौसम बलदी हुने तथा पानी पर्ने सम्भावना पनि रहेको उनले जानकारी दिए ।

यस्तै काठमाडौँ उपत्यकासहितका मध्य तथा पश्चिम क्षेत्रमा पनि आंशिकदेखि पूर्ण बदली हुने सम्भावना रहेको मौसमविद रिमालले बताए । तर पश्चिम तराईका क्षेत्रमा भने कम पानी पर्ने सम्भावना छ ।

मनसुनी वायु पूर्वमै रहेको र निकै कमजोर अवस्थामा रहेकाले देशभर पूर्ण बदली र पानी पर्ने सम्भावना भने छैन ।

राजस्थानको बालुवा र धुलो नेपालमा


पछिल्लो केही समयदेखि भारतको उत्तर प्रदेश तथा दिल्लीमा बालुवा तथा धुलोसहितको आँधीले दुःख दिएको छ । त्यसको प्रभाव नेपालमा पनि देखिएको हुन सक्ने मौसमविदले बताएका छन् ।

शुक्रबार काठमाडौँ उपत्यका तथा पूर्वमा गरेको पानीमा सेतो धुलोको कण देखिएको र यो राजस्थानबाट आएको हलुका बालुवा तथा धुलोको कण रहेको हुन सक्ने मौसमविद रिमालले बताए ।

नेपालको उच्च वायुमण्डलमा राजस्थानसहितका पश्चिमको क्षेत्रबाट आएको वायु रहेकाले त्यहाँको बालुवाको कण र धुले आँधीको प्रभाव परेको हुन सक्ने आँकलन गरिएको रिमालले बताए ।

तर यो के हो भन्ने जाँच गर्ने प्रविधि नेपालमा नरहेको र यस्तो प्रकारको धुलोको कण अनुभव नै गर्न सकिने खालको वर्षा नेपालमा पहिलो पटक भएकाले पनि आफूहरु आँकलन गर्ने अवस्थामा मात्रै रहेको मौसमविद रिमालले बताए ।

राजस्थानसहितका क्षेत्र धेरै पर रहेकाले नेपालमा पानीमा मिसिएर बालुवा तथा धुलोको मात्रा कम पर्ने उनले बताए । तर वर्षाको पानी प्रयोग भने नर्गन उनले सुझाव दिएका छन् । भारतको उत्तर प्रदेश तथा दिल्लीको जस्तो अवस्था नेपालमा नहुने पनि उनले बताएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?