इद मुबारक–बाटोमै नमाज (फोटो फिचर)

इद मुबारक–बाटोमै नमाज (फोटो फिचर)
+
-

नेपालगञ्ज – मुस्लिम समुदायको एक महिने कठोर ब्रत (रोजा) शनिबार सामूहिक नमाज पढेर सकिएको छ । शनिबार बिहान नेपालगञ्जका मुसलमानहरु महान पर्व इदुल फित्र (इद) को अवसरमा मुस्लिम समुदायका मानिसहरु नयाँ–नयाँ कपडा लगाएर मस्जिदमा आएका थिए ।

नेपालगञ्जको वीपीचोकस्थित मस्जिदमा ठूलो संख्याका जम्मा भएर सामूहिक नमाज पढेका छन् । मस्जिद परिसरमा ठाउँ अपुग भएपछि धेरैजनाले बाटोमै बसेर नमाज पढेका थिए ।

भर्खरै शहरी विकास मन्त्री भएका मो. इस्तियाक राइले पनि सामुहिक नमाज पढेका छन् । एक महिनासम्मको कठोर ब्रत सकिएसँगै मुस्लिम समुदायले इदको खुशीयाली साटासाट गरेका छन् ।

वीपीचोकमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणा, उपमेयर उमा थापा, नेकपाका नेता अशोक कोइराला, दामोदर आचार्य, दत्तप्रसाद आचार्य, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यलगायतका नेताहरु शुभकामना दिन पुगेका थिए ।

इदमा मिठो चोखो खाने, गरीवलाई कमाईको अढाई प्रतिशत दान (जाकात) दिने गरिन्छ । यसपालीको इदमा मुस्लिम समुदायका अगुवाले देशमा शान्ती सुव्यवस्थाको कामनासँगै सरकारले आफ्नो पर्वको बिदा काटेकोमा असन्तुष्टि जनाएका छन् ।

मौलना मन्सुरले सामूहिक नमाजमा देशमा सुखशान्तीको कामना गरेको बताए । उनले सरकारले इद, मोहम्मद डेको बिदा कटौती गरेकोमा आपत्ति जनाए । सुरुमा मस्जिद अगाडि ‘कम्युनिष्ट सरकार धोखा हो, मुस्लिम विरोधी केपी ओली राजीनामा दे’ लेखेको कालो ब्यानर झुण्ड्याइएको थियो । प्रहरीले त्यसलाई हटाएको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?