कांग्रेस हारको जिम्मेवारी टिकट वितरण गर्नेको : कुलबहादुर गुरुङ

कांग्रेस हारको जिम्मेवारी टिकट वितरण गर्नेको : कुलबहादुर गुरुङ
+
-

विराटनगर– बिपी विचार राष्ट्रिय समाजका अध्यक्ष एवं कांग्रेसका केन्द्रीय सदस्य कुलबहादुर गुरुङले तीनतहको निर्वाचनमा पराजित हुनुको जिम्मेवारी वर्तमान केन्द्रीय समिति, नेतृत्व तथा टिकट वितरण गर्ने समितिले लिनु पर्ने बताएका छन्।

विराटगनरमा आइतबार आयोजित प्रदेश नम्बर एक जिल्ला कार्य तालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा नेता गुरुङले पार्टीको विधानमा समयानुकूल परिमार्जनसंगै नया नेतृत्वको चयन गर्नुको विकल्प नभएको बताए। उनले भने, आगामी ६ महिनाभित्र पार्टीको नेतृत्वको चयन गरिनुपर्छ। जसले नेपाली कांग्रेसलाई बलियो बनाउनेछ।

ध्रुवीकृत राष्टिय राजनीतिमा कांग्रेसको भूमिका विषयक उक्त कार्यक्रममा समाजका सह अध्यक्ष एवं पूर्वमन्त्री गोविन्दराज जोशीले नेतृत्वले निर्वाचनको समय टिकट विक्री गरेको आरोप लगाए। कार्यक्रममा उनले भने, निर्वाचनका क्रममा टिकट विक्री भएकाछन्, त्यतीमात्र नभएर उम्मेदवारी दिदांसमेत पक्षपात गरिएको छ।

पूर्वमन्त्री जोशीले कांग्रेसको अवस्था यतिबेला सैद्धान्तिक निष्ठा र नीति स्पस्ट नभएको जस्तो रहेको उल्लेख गरे। उनले ध्रुवीकरणको सन्र्दभसंगै कांग्रेस वामपन्थी धारसंग कुन बिषय कुरामा फरक रहेको छ भन्ने कुरा खोज्नु पर्ने अवस्था आएको बताए।

त्यसैगरि, समाजका केन्द्रीय सदस्य लोकेश ढकालले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वले काङ्ग्रेसलाई जनतामा अलोकप्रिय बनाएको भन्दै आलोचना गरे। चुनावमा विवादास्पद व्यक्तिलाई राजदूतमा नियुक्ति गर्ने, डिआइजी, प्रधानन्यायाधीशको विषयमा गरिएका गतिविधीले पार्टी बदनाम र कमजोर बनेको उनले दाबी गरे।

बिपी विचार राष्ट्रिय समाज मोरङका अध्यक्ष कविराज न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा काङ्ग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, काङ्ग्रेसका मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बू, पत्रकार देवप्रकाश त्रिपाठी लगायतले विपीको चिन्तन र विचारले मात्र काङ्ग्रेसले पुनर्जीवन पाउने धारणा व्यक्त गरे ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?