कैलालीका उम्मेद्वारले अझै बुझाएनन् खर्च विवरण

कैलालीका उम्मेद्वारले अझै बुझाएनन् खर्च विवरण
+
-

धनगढी-निर्वाचन सम्पन्‍न भएको लामो समयसम्म पनि कैलालीका उम्मेद्वारले खर्च विवरण बुझाएका छैनन्।

गत असारमा सम्पन्‍न स्थानीय तह र मसिरमा सम्पन्‍न प्रदेश र केन्द्रको चुनावका उम्मेद्वारले अझैसम्म पनि खर्च विवरण नबुझाएको क्षेत्रीय निर्वाचन कार्यालय धनगढीले जनाएको छ।

निर्वाचन ऐन अनुसार ३५ दिन भित्र सबै उम्मेदवारहरुले निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण बुझाउनु पर्ने व्यवस्था भएपनि कैलालीका उम्मेदवारहरुले निर्वाचन खर्च विवरण बुझाउन अटेरी गरेका हुन।

क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका अनुसार स्थानीय तहका ३ हजार ४ सय ४७ मध्ये १ हजार ३ सय १५ उम्मेदवारले खर्च विवरण बुझाएका छैनन्।
यस्तै प्रतिनिधि सभाका ४३ मध्ये १२ तथा प्रदेश सभाका ७६ मध्ये २४ जनाले उम्मेदवारले अझै खर्च बिवरण नबुझाएको क्षेत्रिय निर्वाचन कार्यालय धनगढीका नायव सुव्वा देव सिंह रावलले बताए।

‘खर्च विवरण बुझाउन बेलाबेलामा ताकेता गरिरहेका छौ।’ रावलले भने, ‘उम्मेद्वारहरुले सुनेको नसुने गरे।निर्वाचन कार्यालयलाई टेरेनन।अटेरी गरे।’
उनले खर्च विवरण नबुझाउनेमा अधिकाश चुनावमा पराजय भोगेका उम्मेद्वार रहेको बताए।

‘खर्च विवरण नबुझाउने अधिकाश हारेका उम्मेद्वार छन्।’ उनले भने, ‘केही जितेकै उम्मेद्वारले पनि खर्च विवरण नबुझाउनु दुखत हो।

’उम्मेदवारहरुमा निर्वाचन खर्च विवरण बुझाउनु पर्छ भन्‍ने जानकारी नहनुले पनि निर्वाचन खर्च विवरण नबुझाएको हुन सक्ने निर्वाचन कार्यालयले बताईएको छ।

निर्वाचन कार्यालका नायव सुब्बा रावलका अनुसार खर्च विवरण नबुझाउने उम्मेदवारहरुको नामावाली केन्द्रमा निर्वाचन आयोगलाई सिफारिस गरिएको छ।
निर्वाचन आयोगको कानुन अुनसार निर्वाचन खर्च नबुझाउने उम्मेदवारहरुलाई कारवाही गरिने उनले बताए।

निर्वाचन खर्च नबुझाउनुले उम्मेदवारहरुको आचारणमाथी प्रश्‍न समेत उठेको छ।निर्वाचन खर्च विवरण बुझाउन ताकेता नगर्नु निर्वाचन कार्यालयको गैर जिम्मेवारी भएको सरोकारवालाको टिप्पणी रहेको छ। यसले निर्वाचको पारदर्शीता माथि प्रश्‍न खडा गरेको सरोकारवालाले बताएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?