डा. उपेन्द्र देवकोटाको अन्तिम संस्कार आज

डा. उपेन्द्र देवकोटाको अन्तिम संस्कार आज
+
-

काठमाडौँ – सोमबार बेलुका निधन भएका प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको अन्तिम संस्कार मंगलबार दिउँसो २ बजे पशुपतिनाथ परिसरमा रहेको विद्युतीय शवदाहगृहमा हुनेछ ।

उनलाई मंगलबार बिहान ८ बजेदेखि १ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि बाँसबारीस्थित न्यूरो अस्पतालमा राखिने परिवार स्रोतले जानकारी दिएको छ । उनको सात दिनको किरिया गरिने जानकारी पनि परिवार स्रोतले दिएको छ ।

न्यूरो सर्जन देवकोटाको सोमबार बेलुका ५ बजेर ३५ मिनेटमा निधन भएको हो । उनी ६५ वर्षका थिए । उनकी पत्नी मधु देवकोटा पनि डाक्टर हुन् । उनका तीन छोरी मेधा, बसुधा र मञ्जरी छन् ।

जेठी छोरी मेधा पनि डाक्टर हुन् । डा. उपेन्द्र देवकोटा गएको वैशाख १५ गतेदेखि न्यूरो अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । स्वास्थ्यमा समस्या देखिएपछि गएको नोभेम्बर २१ मा बेलायत गएका डा. देवकोटा गएको अप्रिलसम्म उतै रहेका थिए ।

तर त्यहाँ उपचार सम्भव नभएपछि उनी जीवनको अन्तिम क्षण नेपालमै बिताउने भन्दै गएको वैशाख १५ मा आएका हुन् । त्यसयता उनको न्यूरो अस्पतालमा उपचार हुँदै आएको थियो । उनी पित्त थैलीको क्यान्सरबाट ग्रस्त थिए ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’