विश्वकप खेल्न नपाएको इटालीको चिनो

जहाँ यसरी बन्छ विश्वकप ट्रफी

जहाँ यसरी बन्छ विश्वकप ट्रफी
+
-

रुसमा जारी विश्वकपमा पूर्व विजेता इटालीलाई देख्न पाइएको छैन । पछिल्लो ६० वर्षमा इटाली विश्वकपमा लागि छनौट हुन नसकेको यो पहिलो पटक हो । तर विश्वकपमा नभए पनि इटालीको भूमिका विश्वकप फुटबलमा अरु कसैको भन्दा महत्वपूर्ण रहेको छ ।

विश्वकपमा इटालीका केही रेफ्री छन् । त्यो भन्दा पनि ठूलो कुरा रुस विश्वकपमा विजेताले उचाल्ने विश्वकप ट्रफी इटालीकै हो । अर्थात त्यो ट्रफी जो विश्व विजेता बन्ने टिमले उचालेर घर लैजान्छ, बनेर आउने भनेको इटालीबाट हो ।

मिलान नजिकै रहेको सानो शहर पादेर्नो दुग्नियानोमा पहेँलो पर्खाल भएको एउटा फ्याक्ट्री छ । यो निकै कमले चासो दिने क्षेत्रमा पर्छ, तर त्यहिँ बनेको छ विश्वकप फुटबलको ट्रफी ।

विश्व फुटबलको प्रशासकीय निकाय फिफाको सम्पत्ति गोल्डेन ओरिजिनल ट्रफी, जो निकै कम मात्रै प्रदर्शन गरिन्छ, जसलाई सन् १९७० मा कलाकार सिल्भिओ गाज्जानिगाले नयाँ विश्वकप ट्रफीका लागि भएको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा जितेर बनाएका थिए ।

हरेक चार वर्षमा त्यसको प्रतिलिपि वा कपी गरिएको ट्रफी विश्व विजेता हुने टिमलाई फिफाले प्रदान गर्छ, यो ट्रफी ब्रास अर्थात पित्तलबाट बनेको हुन्छ ।

पादेर्नो दुग्नियानोमा रहेको पहेँलो पर्खालसहितको जिडिई बेर्तोनीमा विश्वकपको ट्रफी बनेको छ । त्यहाँका कलाकार तथा सहयोगीले लामो समय लगाएर ट्रफी तयार पारेका छन् ।

ट्रफीको आधारभूत बडी तयार भएपछि त्यसमा रहेको मेटल हटाउनका लागि डाइ ग्रिन्डर्सले सफा गरिँदै ।

ट्रफीका बडीमा बाँकी रहेको काम ह्यामरको सहायताले गर्दै कलाकार ।

पोलिस गरेर तयार ट्रफीलाई रिफाइन गरिँदै ।

ट्रफीलाई यसपछि गाल्भानिक विभागमा लगिन्छ, जहाँ अल्ट्रासोनिक डिग्रिसिङ्ग बाथ हुन्छ । यो ट्रफीको पहिलो बाथ हो, त्यसपछि धेरै पटक धुने र सफा गर्ने काम हुन्छ ।

ट्रफीको गिल्डिङ्ग बाथको क्रममा गाल्भानिक विभागको दृष्य ।

गिल्डिङ्ग बाथको अन्त्यमा ट्रफीलाई निकै ख्याल गरेर डिस्टिल्ड वाटरले सफा गरिन्छ ।

सबै प्रक्रिया पूरा भएपछि तयार भएको विश्वकप ट्रफी ।

ट्रफीको अन्तिम पटक फिनिसिङ्ग हेर्दै कलाकार ।

विश्वकपमा दिइने मेडल पनि यहिँ बनेका छन् ।

सबै तस्बिर : पाओलो भेज्जोली

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?