
काठमाडौं- प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको निधनले उनकी पत्नी डा. मधु देवकोटा दीक्षित, छोरीहरु मेधा, वसुधा र मञ्जरी आफ्नो चोट व्यवस्थापन सँगसँगै प्रियजनका समवेदना पनि स्वीकार गरिरहेका छन्।
मंगलबार देवकोटालाई अन्तिम श्रद्धाञ्जलि दिन बाँसबारीमा रहेको न्यूरो अस्पतालमा बिहानैदेखि विभिन्न क्षेत्रका मानिसहरु पुगिरहँदा उनको परिवार भावुक देखिन्थ्यो।
डा.देवकोटाको निधनप्रति विभिन्न क्षेत्रका व्यक्तिहरुले श्रद्धाञ्जलि दिँइरहँदा श्रीमती र छोरीहरु भावुक देखिन्थे। देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले आफ्नो क्यामेरामा डा. देवकोटाकी श्रीमती र छोरीहरु भावविह्वल भएको दृश्यहरु कैद गरेका छन्-
तस्बिरहरु-सुलभ श्रेष्ठ/ देश सञ्चार