

काठमाडौं- वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई मंगलबार दिउँसो पशुपति आर्यघाटस्थित विद्युतीय शवदाहगृहमा उनकी श्रीमती मधु देवकोटा र तीन छोरीले बिदाइ गरेका छन्।
त्यसअघि उनलाई पशुपतिनाथको ब्रह्मनालमा लगिएको थियो। त्यहाँ हजारौँ शुभचिन्तकहरु उनलाई हेर्न उपस्थित थिए।
शिरमा ढाका टोपी पहिरिदिएर उनको पार्थिव शरीरलाई ब्रह्मनालमा विधिपूर्वक पूजा गरिसकेपछि सेनाले सलामी दिएको थियो। त्यसपछि छोरीहरुले बोकेर उनको शव विद्युतीय शवगृहमा लगेका थिए।
सोमबार साँझ निधन भएका डा. देवकोटालाई मंगलबार बिहान ८ बजेदेखि दिउँसो १ बजेदेखि बाँसबारीस्थित न्यूरो अस्पतालमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो।
अन्तिम श्रद्धाञ्जलीपछि बाँसबारीबाट पशुपतिनाथ परिसरसम्म उनको शवयात्रा गरिएको थियो।
६५ वर्षीय डा. देवकोटाको काजकिरिया उनका तीन छोरीहरु मेधा, वसुधा र मञ्जरीले गर्नेछन्। उनको काजकिरिया सात दिनमा सम्पन्न हुने परिवारजनले जानकारी दिएका छन्।
यो पनि पढ्नुहोस्

शोकमा डा. देवकोटाकी पत्नी र तीन छोरीहरु (६ तस्बिर)

डा.देवकोटालाई क-कसले दिए अन्तिम श्रद्धाञ्जलि? (फोटो फिचर)

सधैँका लागि परमतत्वमा विलीन भए डा. देवकोटा

मेरो र डा. देवकोटाको सम्बन्धमा कुनै भ्रम थिएन: डा. भट्टराई

डा. देवकोटाको निधन मुलुकका लागि अपूरणीय क्षति: पूर्वराजा

अन्तिम श्रद्धाञ्जलीका लागि डा. उपेन्द्र देवकोटाको पार्थिव शरीर न्यूरो अस्पतालमा

वरिष्ठ न्यूरो सर्जन डा. देवकोटाको निधन

