रेडियो, एफएम र टेलिभिजन विधेयक पारित

+
-

विराटनगर- प्रदेश नं १ को प्रदेशसभा बैठकले रेडियो, एफएम र टेलिभिजन प्रसारणसम्बन्धी विधेयक सर्वसम्मत रुपमा पारित गरेको छ ।

विधेयक पारित भएपछि अब नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता वा संघीय इकाइबीचको सम्बन्ध वा विभिन्न जातजाति, धर्म सम्प्रदायबीचको सम्बन्धमा खलल पर्ने गरी कार्यक्रम प्रसारण गर्न रोक लगाइएको छ।

विधेयकमा राज्यद्रोह, गाली बेइज्जती वा अदालतको अवहेलना हुने जस्ता कार्यक्रम प्रसारण गरे रु १० हजारदेखि एक लाखसम्म जरिवाना गर्ने प्रावधान राखिएको छ।

पछिल्लो समय प्रेस स्वतन्त्रताका नाममा स्वच्छन्दता र अराजकता बढ्दै गएको सन्दर्भमा प्रदेश सरकारले सो विधेयक ल्याएको आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले जानकारी दिए।

बैठकमा आजै आन्तरिक मामिलामन्त्री कार्कीले जिल्लासभाको काम कर्तव्य र अधिकारसम्बन्धी विधेयक टेबुल गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?