
काठमाडौं-विराटनगर महानगरपालिकाले असार १० गते महानगरपालिकाको बजेट ल्याउँदैछ।
नगरसभामार्फत ल्याइने बजेटका लागि मङ्गलबार महानगरपालिकाले राजनैतीक दलका प्रतिनिधि तथा समाजिक अगुवासँग छलफल गरेको छ।
उक्त छलफलमा महानगरले गरेका गतिविधि र आउँदो दिनमा गर्नसक्ने कार्यहरुका विषयमा सुझाव लिएको महानगरका प्रमुख भीम पराजुलीले जानकारी दिए।
उनले भने, ‘असार १० गते महानगरले नगरसभा मार्फत वजेट ,नीति तथा कार्यक्रम पारित गर्दैछ त्यसैका लागि छलफल जारी छ।यसका लागि महानगरले विभिन्न संघ,संस्था र समाजिक व्यक्तित्वहरुवाट छुट्टा छुट्टै सुझाव संकलन गर्दै आएको छ।’
महानगरले गरेको कार्यक्रममा सुझाव दिने अधिकांशले विराटनगरका निर्माणाधिन सडक समयमै सम्पन्न गर्नुपर्ने, खानेपानी, विद्युत र फोहरमैला व्यवस्थापनमा ध्यान दिनुमा जोड दिएका थिए।