सुरक्षा खतराबारे जुध्‍न ‘साइबर सेक्युरिटी शिखर सम्मेलन’

सुरक्षा खतराबारे जुध्‍न ‘साइबर सेक्युरिटी शिखर सम्मेलन’
+
-

काठमाडौँ: इन्फरमेसन सेक्युरिटी रेस्पोन्स टीम नेपालको आयोजनामा यही जुलाई २७ र २८ तारिखमा साइबर सुरक्षा शिखर सम्मेलन हुने भएको छ। ‘साइबर सुरक्षाका लागि विश्वव्यापी सञ्जाल’ निर्माणको मूल उद्धेश्यसहित यो सम्मेलन हुन लागेको हो।

यो सम्मेलनमा साइबर सुरक्षा, साइबर सुरक्षासमबन्धी समस्याको समाधानका लागि पूर्वाधार विकास आदिमा छलफल हुने भएको छ।यो सम्मेलन साइबर सुरक्षाको तयारी तथा बदलिँदो परिदृश्यमा व्यवासयिक उद्देश्य र सुरक्षा खतरासँग जुध्ने रणनीति पनि तय गरिने भएको छ।

यो सम्मेलनमा साइबर कानूनको विश्लेषण तथा वर्तमान विश्वमा साइबर नीति र साइबर सुरक्षाबारेमा पनि बहस गरिने भएको छ। त्यसैगरी साइबर सुरक्षामा त्यस्ता क्षेत्रको पहिचान गरिनेछ जहाँ व्यवसायीको अपेक्षा र आवश्यकता पूरा गर्नका लागि प्राथमिकता दिने विषयमा पनि छलफल हुने भएको छ।

त्यसैगरी सम्मेलनले साइबर सुरक्षालाई जोड दिँदै त्यसका लागि विश्वव्यापी सञ्जाल निर्माणको पनि पहल गर्ने भएको छ। सम्मेलनबाट साइबर सुरक्षाका लागि भौतिक पूर्वाधार निर्माणमा जोड दिइनेछ भने साइबर सुरक्षामा आफूहरुको उपस्थितिलाई सशक्त बनाउने पनि पहल गर्ने भएको छ।

सम्मेलनमा साइबर सुरक्षाका चुनौतीहरुसँग जुध्नका लागि रोकथामका उपाय, समस्या पहिचान, विश्लेषण गर्दै एकअर्काको ज्ञान लेनदेनलाई पनि विशेष जोड दिइने भएको छ।

सूचना प्रविधिको विकास र विस्तारसँगै निम्तिएका सुरक्षाका जोखिमहरुबारे पछिल्लो समयमा बहस हुन थालेका छन्। नेपालमा पनि सूचना प्रविधिको प्रयोग र यसप्रति मानिसहरुको निर्भरता बढिरहेको छ। तर, प्रविधि प्रयोगका दौरान सुरक्षाका उपाय अपनाउने, दुरुपयोग हुनबाट बच्ने, जोखिम कम गर्ने र कुनै घटना भइहाले तत्कालै कानूनी र प्राविधिक उपचार प्राप्त गर्ने सन्दर्भमा नेपाल अझै पछि परिरहेको तथ्य विभिन्न तथ्याकंले प्रस्तुत गरिरहेका छन्।

राज्यले समेत प्राथमिकतामा राख्न नसकेको सूचना प्रविधि क्षेत्र र यो क्षेत्रमा भइरहने अपराधजन्य घटनाका कारण नेपालमा साइबर सुरक्षा निकै संवेदनशील अवस्थामा रहेको विश्लेषण गर्न सकिन्छ। साइबर जोखिम न्यूनीकरणका सवालमा यदाकदा निजी र गैरसरकारी क्षेत्रबाट कार्यक्रम हुने गरेका छन्।

यस्ता कार्यक्रममा साइबर सुरक्षामा देखिएका जटिलता र समाधानका उपायबारे छलफल हुने गरेका छन्। तर, यस्ता कार्यक्रमले मात्रै साइबर जगत्लाई सुरक्षित बनाउन सक्दैन। नीति निर्मातादेखि प्रयोगकर्तासम्म सूचना प्रविधि र यसको सुरक्षामा संवेदनशील नहुँदासम्म हामीले खोजेको जोखिमरहित डिजिटल नेपालको सम्भावना रहँदैन।

उनीहरुलाई हाल विकास भइरहेको सुरक्षा प्रविधि कसरी प्रयोग गर्ने र विश्वव्यापी रुपमै साइबर सुरक्षामा कसरी एक हुने भन्नेबारे प्रत्यक्ष जानकार र अभ्यस्त बनाउनु आवश्यक देखिन्छ। यसै सन्दर्भमा काठमाडौंमा आगामी साउन ११ र १२ गते ग्लोबल साइबर सेक्युरिटी समिट २०१८ आयोजना हुँदैछ।

साइबर रिलायन्सका लागि विश्व गठबन्धन भन्ने नाराका साथ आयोजना हुन लागेको समिट इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपी सर्ट)ले गर्न लागेको हो। नेपालमा साइबर सुरक्षाबारे जनचेतना प्रदान गर्दै आइरहेको यस संस्थाले नेपालमै पहिलो पटक अन्तर्राष्ट्रियस्तरको साइबर सुरक्षासम्बन्धी सम्मेलन गर्न लागेको छ।

समिटको तयारीमा जुटिरहेको आयोजकले साइबर सेक्युरिटी एक्स्पर्ट, प्राक्टिस्नर र रिसर्चरबाट प्रिजेन्टेशनका लागि आवेदन दिनसक्ने व्यवस्था ल्याएको छ।

यसअन्तर्गत ब्लाइन्ड सिग्नेचर्स, ब्लकचेन टेक्नोलोजी, बिजनेश कन्ट्युनिटी एन्ड इन्सिडेन्ट रेस्पोन्स, साइबर ल इन्फोर्समेन्ट, क्लाउड कम्प्युटिगं सेक्युरिटी, डाटा सेक्युरिटी एन्ड आइडेन्टिटी म्यानेजमेन्ट, डिजिटल फरेन्सिक, डिजास्टर रिकभरी प्लानिङ लगायतका विषयमा अनुसन्धानपत्र तयार पार्न सकिने छ।

समिटको अवसरमा विश्वपरिवेशमा साइबर सुरक्षाका विभिन्न आयमहरु बारे छलफल हुनेछ । विशेषगरी साइबर कानून, साइबर नीति र साइबुर सुरक्षाका अभ्यासहरुबारे विश्लेषण र निदानका विषयमा समिटमा गम्भीर रुपमा छलफल हुने छ । व्यापार तथा वित्त क्षेत्रको आवश्यकताअनुसार साइबर सुरक्षाका नयाँ क्षेत्रहरुको पहिचान पनि समिटमा हुने छ।

यही समिटमार्फत् साइबर रिलायन्सका लागि विश्व गठबन्धन निर्माण गरिने समेत बताइएको छ । साइबर सेक्युयुरिटीसम्बन्धी पूूर्वाधार निर्माण गर्न विश्वव्यापी रुपमा भइरहेका अभ्यासहरुको जानकारी समेत दिइनेछ। समिटमा साइबर सुरक्षाका जोखिम कम गर्ने, साइबर सुरक्षा विश्लेषण गर्ने, रिकभरी र रेस्पोन्सका स्किलहरु बढाउने लगायतका विषयमा गम्भीर छलफल हुनेछ।

समिटले राखेका उद्धेश्यहरुलाई पुरा गर्न विभिन्न कार्यक्रम सञ्चालन हुने छ। समिटमा अन्तर्राष्ट्रिय क्षेत्रबाट की नोट स्पिकर आउने छन् । साथै सम्बन्धित पक्षबाट प्रतिनिधित्व हुने गरी साइबर सुरक्षा र साइबर कानूनका विभिन्न आयामलाई समेटेर प्यानल डिस्कसन गरिनेछ।

साथै साइबर अपराध, पछिल्लो अवस्था र साइबर सुरक्षाका प्रविधि विषयमा विज्ञ र अनुसन्धाताबाट कार्यपत्र प्रस्तुतको कार्यक्रम रहेको छ । यो क्षेत्रमा काम गर्ने प्रोफेसनलहरुबीच नेटवर्किङ सेसनको कार्यक्रम समेत राखिएको छ । समिटकै अवसरमा वर्कसप पनि गरिने छ।

अहिले विश्वकै टाउको दुखाइको विषय हो, साइबर अपराध । अमेरिका, चीन, बेलायत, रुस, उत्तर कोरिया लगायतका देशमा साइबर सुरक्षाको निकै जोखिम बढेको तथ्यांकले देखाउछन् । नेपालमा भने अझै पनि साइबर सुरक्षाका लागि पर्याप्त साइबर कानून नै छैन । अहिले व्यक्तिगत तथा संस्थागत महत्वपूर्ण दस्तावेजको सुरक्षाका लागि पनि साइबर सुरक्षा ऐनको आवश्यकता देखिएको छ।

सूचना प्रविधिको बढ्दो प्रयोग र सहज पहुँचका कारण प्रायः सरकारी तथा गैरसरकारी कार्यालयहरू ‘पेपरलेस’ को युगमा जाने तयारीमा छन् । यस्तो अवस्थामा सुरक्षाका निम्ति आवश्यक कानुन बन्न जरूरी समेत छ। अर्कोतर्फ नेपालमा बढ्दो साइबर थ्रेटसँगै साइबर सुरक्षाको प्रभावकारी व्यवस्थापनका लागि साइबर अपराध र साइबर अपराधविरूद्धको अभियान चलाउन आवश्यकता छ।

नेपाल सरकारका विभिन्न मन्त्रालय तथा विभागका प्रतिनिधिहरूको साथै बैंक, विभिन्न कम्पनी तथा संस्थाहरूका प्रतिनिधिहरूको सहभागिता हुने भएकाले यी यावत् विषयमा गम्भीर छलफल र समिक्षा गर्दै आगामी स्पस्ट बाटो पहिल्याउन समिट सफल हुनुपर्ने छ।

यो समिटमा साइबर सेक्युरिटी र यससँग सम्बन्धित विभिन्न विषयका राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञ, अनुसन्धाता र प्रोफेसनलहरुको विशेष उपस्थिति रहने भएकाले समिटबाट महत्वपूर्ण उपलब्धिको अपेक्षा राखिएको छ । कानूनी एवं प्राविधिक पूर्वाधारमा सम्बन्धित पक्षको संवेदनशीलता देखिन सके पनि भविष्यमा यो क्षेत्रमा सकारात्मक काम हुने अवस्था छ।

अन्त्यमा इन्फर्मेशन सेक्युरिटी एक्सपर्टहरुको टिमले स्थापना गरेको एनपी सर्टले आयोजना गर्न लागेकाले पनि यो समिटको महत्व र गरिमा बढेको छ । नेपालमा बढ्दै गएको साइबर चुनौतीलाई न्यूनिकरण गर्न र राष्ट्रिय सूचनाको सुरक्षा गर्ने विषयमा यो समिट कोशेढुंगा बन्‍न सक्ने सम्भावना छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?