
काठमाडौ- कुनैबेला काठमाडौंको मुटु भन्दा फरक नपर्ने रानीपोखरी भूकम्पपछि काठमाडौंको मुटु होइन, ‘विचरा’ अवस्थाबाट गुज्रिरहेको छ।
भूकम्पपछि रानीपोखरीको विषय लिएर धेरै विवाद आयो। विवाद यहाँसम्मकि काठमाडौ महनगरपालिकाका मेयर र उपमेयरले समेत रानीपोखरीलाई कसरी हुन्छ, राम्रो बनाउनेभन्दा पनि एकअर्काबीच नै विवाद गरेर बसे। र समाचारहरुको हेडलाइन बन्यो रानीपोखरी।
तर, रानीपोखरी अहिले निकै ‘विचरा’ भन्ने अवस्थामा छ। रानीपोखरी कस्तो र कसरी बनाउने भन्ने विषयमा पनि निकै चर्काचर्की भयो। तर अहिले त्यहाँ खासै काम भएको छैन। निर्माण कार्य किन रोकिएको बन्ने कुरा भन्दा पनि निर्माण कार्यमा किन ढिलाइ भन्ने महत्वपूर्ण हो।
यी सब कुराका विचमा भने रानीपोखरी भने अहिले झार पोखरीको रुपमा परिर्वतन भएको छ। रानीपोखरी नेपलीको पोखरी हो। राज्यको एउटा जिम्मेवरीको पोखरी हो । तर यसरी झार पोखरी हुँदासम्म लड्ने ती मेयर र उपमेयर चाहिँ किा मौन हो?