
कुन औषधिको साइड इफेक्ट कति खतरनाक हुन सक्छ?
तपाइको शरीरको छालामा रातो डाबर आउने, टाउको दुख्ने अथवा उल्टी हुँने जस्तो लक्षण देखा पर्छ होला। यसलाई सामान्य रुपमा लिनुहुन्छ? अथवा त्यसको निदानको लागि औषधि प्रयोग गर्नुहुन्छ?
अमेरिकामा भएको एक अध्ययनका अनुसार सधैजसो प्रयोग गर्ने औषधिले मानिसमा डिप्रेशनको जोखिम बढाउन सक्छ। अध्ययनका अनुसार मुटु रोगीको लागि दिइने औषधि, गर्भनिरोधक औषधि र अरु दुखाई कम गर्ने औषधिहरुको सेवनले डिप्रेशन हुन सक्छ।
अध्ययनमा सहभागी २६ हजार मानिसमध्ये एक तिहाइमा डिप्रेशनको लक्षण देखिएको छ।
अध्ययनबाट के पत्ता लाग्यो ?
अमेरिकन मेडिकल एसोसियशनका स्टडीमा अमेरिककाको १८ र यो भन्दा माथि उमेरका मानिसमा यो परिक्षण गरिएको थियो। यि मानिसहरुले सन् २००५ देखि २०१४ भित्र कम से कम एक किसिमको औषधि खाएका थिए।
यी औषधि डाक्टरले सुझाएका थिए, यी मध्येका ३७ औषधिमा डिप्रेशनको सम्भावित साइड इफेक्ट भएको बताइएको छ।
अध्ययनको समयमा यस्ता मानिसहरुमा डिप्रेशनको दर धेरै पाइयो
– एकै थरीको औषधि खाने ७ प्रतिशत मानिसहरु
– दुई थरीको औषधि खाने ९ प्रतिशत मानिसहरु
– तीन अथवा त्यो भन्दा धेरै औषधि खाने १५ प्रतिशत मानिसहरु
अमेरीकामा झण्डै ५ प्रतिशत मानिसहरु डिप्रैशनको बिरामी छन्।
अध्ययनका मुख्य लेखक डिमा कोटेले बताईन्, ‘धेरै मानिसलाई यो विश्वास नलाग्न सक्छ उनीहरुको औषधिको डिप्रेशनसँग केहि सम्बन्ध छैन, तर यहि औषधि प्रयोग गरेपछि डिप्रैशनको लक्षण महशुस हुन सक्छ।
तर यी औषधिले पक्कै नै डिप्रेशन निम्त्याउछ भन्ने पनि हैन।
जुनसुकै कारणले बिरामी भएमा तपाई निराश हुन सक्नुहुन्छ, अध्ययनमा भाग लिने मानिस पहिला देखि नै डिप्रेशनको शिकार भएका थिए की?
विशेषज्ञ के भन्छन्?
विशेषज्ञ मान्छन् कि अध्ययनमा औषधि र डिप्रेशनको खतरा बताइएको छ तर यसको कारण र असरको बारेमा भनिएको छैन।
रोयल कलेज अफ साइकेटिक्सका प्रोफेसर डेविड वाल्डविन बताउछन्, ‘जब कसैलाई शारीरिक रोग लाग्छ, उसलाई तनाव हुन्छ। यस्तो अवस्थामा मुटुु वा अन्य रोगीलाई डिप्रेशन भयो भन्नु नौलो कुरा भएन।’
औषधिमा निर्भर हुनु कति खतरनाक हो?
गर्भनिरोधक औषधि सेवनले डिप्रेशन देखिनु सामान्य हो तर अर्को औषधि पनि प्रयोग गरिरहेको भए त्यो सामान्य हुँदैन।
दश मध्ये एकलाई समान्यतया साइड इफेक्ट हुन्छ। यसको बारेमा अनलाइनमा अथवा औषधिसँगै दिइएको कागजमा पनि पढ्न सकिन्छ।
रोयल फार्मास्युकल सोसाइटीका प्रोफेसर डेविट टेलरले बताए, ‘यो पनि ध्यान दिनुपर्छ की औषधिको कारणले डिप्रेशन हुनुको कुनै व्यवहारिक कारण छ ?
जस्तै गर्भनिरोधक चक्किको हर्मोनको मात्रा र मूडसँग सिधा सम्बन्ध छ। तर मुटुको रोगीले प्रयोग गर्ने औषधिमा यस्तो भन्न मिल्दैन। उनी भन्छन, ‘यो बारेमा हामी राम्ररी थाहा पाउँने भइसकेका छैनउ कि औषधि डिप्रेशनको कारण हो अथवा अरु केही’
त्यसो भए के गर्ने त ?
प्रोफेसर टेलर सल्लाह दिन्छन्, यदि तपाई कु नै पनि औषधि सेवन गर्दै हुनुहुन्छ र तपाईमा डिप्रेशनको लक्षण देखिएको छ भने आत्ति हाल्नु पर्ने अवस्था छैन। तर यस्तो लक्षण देखिएमा डाक्टरसँग परामर्श लिनु पनि जरुरी छ। विशेषज्ञ डाक्टरले तपाईलाई सहयोग गर्नेछन्।