
विश्वकप फुटबल अन्तर्गत शुक्रबार बेलुका भएको समूह ‘इ’ अन्तर्गतको खेलमा स्वीट्जरल्यान्डले सर्बियालाई हराएको छ। सर्बियालाई २–१ हराउदैँ स्वीट्जरल्यान्ड विश्वकपको नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ।
पहिलो हाफमा १–० ले पछि परेको स्वीट्जरल्यान्डले दास्रो हाफमा भने दई गोल गरेको हो। ९० औँ मिनेटमा स्वीट्जरल्याण्डका जेर्डन सेकिरीले गरेको गोल नै निर्यायक बन्यो।
स्वीट्जरल्याण्डले पहिलो खेलमा ब्राजिलसँग १–१ को बराबरी खेलेको थियो।
खेलको पाँचौं मिनेटमा अलेक्जेन्डर मिट्रोभिचले हेड गोल गरेर सर्बियालाई अग्रता दिलाएका थिए। पहिलो हाफसम्म १–० को अग्रता कायमै राखेको सर्बियाले दोस्रो हाफमा गोल गर्न सकेन।
स्वीटजरल्याण्डका लागि ग्रानिक झाकाले ५२ औं मिनेटमा बराबरी गोल फर्काएका थिए। अब समूह चरणको अन्तिम दुई खेल ब्राजिलले सर्बिया र स्वीट्जरल्यान्डले कोस्टारिकासँग खेल्नेछन्।