माइतीघरमा डा. गोविन्द केसीको प्रर्दशन

माइतीघरमा  डा. गोविन्द केसीको प्रर्दशन
+
-

काठमाडौं – माइतीघर मण्डला क्षेत्रमा प्रदशन निषेध गर्ने निणर्य तल्काल फिर्ता गर्न माग गर्दै डा केसी र उनका समर्थकले शनिवार माइतीघर मण्डलामा प्रदर्शन गरका छन् ।

सरकारलाई बारम्बार ध्यानाकर्षण गराउदा पनि निषेधित क्षेत्र फुकुवा गर्ने लगायत चिकित्सा शिक्षासँग सम्बन्धित आफूले उठाएका माग पूरा नभएको भन्दै केसीले प्रदर्शन गरेका हुन् । प्रर्दशनलाई सम्बोधन गर्दै डा. केसीले नागरिकको अभिव्यक्ति र स्वतन्त्रतामाथि राज्यले आघात पु¥याउने कोसिस गरेको बताए ।

केसीले सरकारले अपराधी ठहर भएका र जेल सजाय भोगीरहेका व्यक्तिलाई कानुनी चोर बाटो खोजेर रिहा गर्ने र अकालमा मारिएका छोरालाई न्याय माग्दा माग्दै मृत्युवरण गरेका नन्दप्रसाद तथा अनशनरत गंगामायाका मागप्रति चरम बेवास्ता गरेर बिधिको शासनको धज्जी उडाएको आरोप लगाए ।

उनले राज्यका गलत कामको विरोध नगर्ने हो भने अवस्था झनै बिग्रने भएकाले सचेत नागरिकका हैसियतले खबरदारी गर्न आग्रह गरे । उनले चिकित्सा शिक्षा ऐन तत्काल पारित गर्न समेत माग गरे । केसीमा विगतमा राख्दै आएका माग फेरि दोहो¥याएका छन् ।

डा केशीका माग यस प्रकारका छन् ।

१) चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक तत्काल संसदमा पेश गरेर यथारुपमा पारित गरिनु पर्ने ।

२) माइतीघर मण्डला क्षेत्रमा प्रदशन निषेध गर्ने निणर्य तल्काल सदाका लागि र्फिता गरियोस् ।

३) चिकित्सा शिक्षा सम्बन्धी न्यायिक जाँचबुझ आयोगले दोषी ठहराइएका पदाधिकारीहरुलाई आयोगको सिफारिस बमोजिम कारबाही गरियोस् । त्रिविले खोसेको अधिकार आइओएममा फिर्ता गरिनुपर्ने ।

४) विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको संयोजकत्वमा बनेको पदाधिकारी मापदण्ड निर्धारण समितिको प्रतिबेदन कार्यान्वयन गरिनुपर्ने ।

५) कथित छात्रावृत्ति व्यवस्थापन तथा परिचालन कार्यविधि २०७५ खारेज गरी चिकित्सा शिक्षा ऐनमा स्नातकोत्तर तहको छात्रवृति २ बर्ष अनिवार्य सेवाको व्यवस्था गरिनुपर्ने

६) चिकित्सकहरु माथि हुने धम्की र आक्रमण रोम्न यथोचित कानुनको निर्माण र कार्यान्वयन गरिनुपर्ने जस्ता मागहरु रहेका छन् ।

तस्बिर : बर्षा शाह

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’