आँखा शिविरबाट झण्डै पाँच सय लाभान्वित

+
-

भीमदत्तनगर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का झण्डै पाँचसय नागरिक आँखा शिविरबाट लाभान्वित भएका छन्। शनिबार आयोजना गरिएको निःशुल्क आँखा शिविरमा १६१ जना पुरुष र ३२१ जना महिला सेवा लिन आएका थिए।

शुक्लाफाटा नगरपालिका–१२ को आयोजना र गेटा आँखा अस्पताल कैलालीको प्राविधिक सहयोगमा एक दिवसीय आँखा शिविर आयोजना गरिएको वडा नं १२ का अध्यक्ष वाले रानाले बताउनुभयो ।

शारीरिक तथा सामाजिक रुपमा समस्यामा रहेका ज्येष्ठ नागरिक, एकल महिला र अपांगतालाई सहयोग पु¥याउने उद्देश्यले सञ्चालन गरेको आँखा शिविरमा ४० वर्ष भन्दा बढी उमेर भएका सेवाग्राहीको संख्या बढी रहेको थियो ।

शिविरमा सेवा लिनेमध्ये केही आर्थिक अभाव तथा सेवा लिन अस्पताल जान नसकेका र मोतिबिन्दुको कारणले दुवै आँखाको दृष्टि गुमाएर लामो समयदेखि कष्टकर जीवन निर्वाह गरिरहेका आँखाका रोगीले पनि सेवा पाएको वडाध्यक्ष रानाको भनाइ छ ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’