११ बुँदे सहमति कार्यान्वयको माग गर्दै नर्सहरुद्वारा धर्ना

११ बुँदे सहमति कार्यान्वयको माग गर्दै नर्सहरुद्वारा धर्ना
+
-

काठमाडौं- स्वास्थ्य मन्त्रालयले नर्सहरुसँग गरेको ११ बुँदे सम्झौता कार्यान्‍वयन नगरेको भन्‍दै युवा नर्सहरु आन्दोलनमा उत्रिएका छन्। आइतबार नेपाल नर्सिङ् संघ अगाडी युवा नर्सहरु धर्ना बस्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्।

धर्ना कार्यक्रममा बोल्‍दै युवा नर्स रोसा श्रेष्ठले सरकारले नर्सिङ पेशालाई बेवास्ता गरेको र सेवा सुरक्षा र श्रममा भेदभाव गरेको बताइन्। उनले भनिन्, ‘ नर्सिङ पेशागत रुपमा सुरक्षा छैन र सरकारसँग हामीले गरेको ११ बुँदे मागमध्ये कुनै एउटा माग पनि पुरा नभएपछि हामी धर्ना बस्न बाध्‍य भयौ।’

यस्तै आन्दोलनकी संयोजक सुजना बासुकलाले नर्सिङ जस्तो संवेदनशील क्षेत्रलाई सरकारले पटक पटक निरुत्साहित पार्दै आएको आरोप लगाइन्। उनले भनिन्, ‘नर्स जस्तो संवेदनशील क्षेत्रमा कार्यरत नर्सहरुमाथि सामाजिक अन्याय र अत्याचारको विरुद्धमा आवाज उठाउदा शरीरिक, सामाजिक,आर्थिक र मानसिक यातना समेत भोग्न बाध्य छिन्। तर उनीहरुको पक्षमा कोही न त संघसस्था न त सिङ्गो मन्त्रालय नै बोलिरहेको छ। सबै किन मौन ?’

यसअघि ११ बुँदे बुँदे माग राख्दै देशव्यापी आन्दोलन गरको नेपाल नर्सिङ संघका पदाधिकारी र सरकारी वार्ता टोलीबीच माघ ४ गते बिहीबार राति सहमतिपत्रमा हस्ताक्षर भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?