विधेयक परिमार्जन गरेर पदाधिकारीको तलब बढाइयो

विधेयक परिमार्जन गरेर पदाधिकारीको तलब बढाइयो
+
-

धनगढी – प्रदेश ७ सरकारले सेवा–सुविधा सम्बन्धी विधेयक परिमार्जन गरेर प्रदेशसभाका सदस्य तथा पदाधिकारीले पाउने तलब बढाएको छ ।

यसअघि प्रदेश ७ मन्त्रिपरिषदले कानुन नबनेसम्मका लागि प्रदेशसभा सदस्य तथा पदाधिकारीले पाउने तलब–भत्ता तोकेको थियो । त्यसकै आधारमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सेवा–सुविधा सम्बन्धी विधेयक तयार गरेको थियो । शुक्रबारको मन्त्रिपरिषद बैठकले विधेयक परिमार्जन गरेर तलब बढाएको हो ।

कसको कति बढ्यो तलब ?


शुक्रवारको मन्त्री परिषद बैठकले परिमार्जन गरेको विधेयक अनुसार सभामुखको दुई हजार, सत्तापक्षको प्रमुख सचेतक र संसदीय समितिका सभापतिको एक हजार पाँच सय तथा विपक्षी दलका नेता, उप–सभामुख, सत्तापक्ष र विपक्षी दलको सचेतकको तलब एक हजारका दरले बढेको छ ।

त्यस्तै, प्रदेश सभाका सबै पदाधिकारीलाई फर्निचर खर्चबापत वार्षिक एकमुष्ट १५ हजारबाट बढाएर २५ हजार बनाईएको छ । निजी आवास मर्मतसम्भार शीर्षकमा पदाधिकारी अनुसार, १५ देखि २० हजार रुपैयाँ थपिएको छ । यसैगरी, अतिथि सत्कारमा पाँच गुणासम्म सेवा बढाएको छ । आवास सुविधामा आठ हजार बढाइएको छ ।

अब कसले कति तलब पाउँछन् ?


अब प्रदेशसभा सभामुखले मासिक ५५ हजार तलब पाउने छन् । त्यस्तै, उपसभामुख र विपक्षी दलका नेताले ५१ हजार रुपैयाँ पाउने छन् भने सत्तारुढ दलका प्रमुख सचेतक र संसदीय समितिका सभापतिको तलब ४९ हजार पाँच सय, सत्तारुढ र विपक्षी दलका सचेतकको ४९ हजार तथा प्रदेशसभा सदस्यको ४८ हजार तलब निर्धारण गरिएको छ ।

त्यस्तै, विधेयकमा सभामुख र विपक्षी दलका नेताको बैठक भत्ता दैनिक आठ सय ५० रुपैयाँ तोकिएको छ । प्रदेश सभाका अन्य पदाधिकारीको समान सात सय ५० बैठक भत्ता निर्धारण गरिएको छ ।

सभामुख र उप–सभामुखलाई सरकारले नै आवास उपलब्ध गराउनेछ भने आवास नलिए सभामुखले मासिक २० हजार र उप–सभामुखले १८ हजार आवास सुविधाबापत पाउने छन् ।

विपक्षी दलका नेताले मासिक १८ हजार, सदस्यले १५ हजार र अन्य पदाधिकारीले मासिक १६ हजार आवासबापत पाउने व्यवस्था विधेयकमा गरिएको छ ।

यस्तै, सरकारी आवासको व्यवस्था नभएमा फर्निचर खर्चबापत सभामुखले वार्षिक एकमुष्ट ४० हजार र उप–सभामुखले ३५ हजार पाउनेछन । अन्य पदाधिकारीले फर्निचर खर्चबापत वार्षिक एकमुष्ट ३५ हजार रुपैयाँ पाउने व्यवस्था गरिएको छ ।

गाडीको पनि व्यवस्था


मन्त्रिपरिषद बैठकले प्रदेशसभामा रहेका चारै संसदीय समितिका सभापति र सत्तापक्षको प्रमुख सचेतकलाई गाडीको व्यवस्था गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सभामुख, उप–सभामुख र विपक्षी दलको नेतालाई मात्र गाडी दिने गरी विधेयक तयार पारेको थियो ।

त्यस्तै, प्रदेशसभाका सदस्यबाहेक सबै पदाधिकारीले एक–एकजना स्वकीय सचिव राख्न पाउने व्यवस्था थपिएको छ ।

विधेयकलाई प्रदेश सभामा पेश गरिँदै


शुक्रबारको मन्त्री परिषद बैठकले परिमार्जन गरेको प्रदेशसभाका पदाधिकारीको सेवा सुविधा सम्बन्धि बनेको विधेयकलाई केही दिनमै प्रदेशसभामा पेश गरिने छ ।

मन्त्री परिषद बैठकले नै प्रदेश सभा बैठकमा पेश गर्ने सैद्धान्तिक सहमति प्रदान गरेको थियो ।

प्रदेशसभामा सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट छलफल जारी रहेकाले उक्त विधेयकलाई प्रदेश सभा बैठकमा पेश गर्न ढिलाई भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?