श्रममन्त्रीका कारण १३ सय ६६ जना ठगिए, भिसा लागे पनि मलेसिया जान पाएनन्

श्रममन्त्रीका कारण १३ सय ६६ जना ठगिए, भिसा लागे पनि मलेसिया जान पाएनन्
+
-

काठमाडौँ– मलेसियाको भिसा लागिसकेका १ हजार ३ सय ६६ जनाको अन्तिम श्रम स्वीकृति रोकिएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले मलेसिया जाने कामदार ठगेको भन्दै विभिन्न संस्था खारेज गर्ने निर्णय गरेपछि उनीहरुको पनि प्रक्रिया रोकिएको हो। तर मन्त्रीको निर्णय पहिले नै मलेसिया जाने प्रक्रिया पूरा गरे पनि उनीहरुलाई अन्तिम श्रम स्वीकृति दिइएन।

आफूहरुले रकम लिइसकेको र सबै प्रक्रिया पूरा गरेका कारण उनीहरुलाई अन्तिम स्वीकृति दिन माग गर्दै वैदेशिक रोजगार व्यवसायी संघले श्रम तथा रोजगार मन्त्रालयको ध्यानाकर्षण गराइसकेको छ। तर मन्त्रालयले उनीहरुलाई श्रम स्वीकृति दिने विषयमा निर्णय गरेको छैन।

संघले श्रममन्त्री गोकर्ण विष्टले विभिन्न नाममा स्थापना भएका संस्था खारेज गर्ने निर्णय पहिले नै उनीहरुको प्रक्रिया पूरा भएकाले श्रम स्वीकृति दिन माग गरेको छ।

संघका अध्यक्ष रोहन गुरुङले कामदारले रकम बुझाइसकेको र स्वास्थ्य परीक्षण, अभिमूखिकरण तालिम, बिमा, मेडिकल जाँच लगायतका सबै प्रक्रिया पूरा भएकाले रोक्नु गलत हुने बताए। भिसा क्यान्सिल गर्दा पनि खर्च हुने भएकाले उनीहरुलाई पठाउने विकल्प खोज्नु पर्ने व्यवसायीको माग छ। सरकारको निर्णयका कारण पटक पटक काठमाडौँ ओहोर दोहोर गर्दा मलेसिया जान ठिक्क परेकाहरु हैरान छन्। खर्चमाथि खर्च थपिएको छ।

वैदेशिक रोजगार विभागका महानिर्देशक भुवनप्रसाद आचार्यले भने यस विषयमा आफूलाई थाहा नभएको र मन्त्रालयको निर्णयका कारण ताहाचल कार्यालयले नै रोकेको बताए। उनले भने, ‘यस विषयमा मलाई भन्दा ताहाचल कार्यालयलाई नै बढि थाहा छ, मन्त्रालयको निर्णयपछि रोकिएको हो, व्यवसायी साथीहरुले मसँग पनि कुरा गर्नु भएको थियो।’

संघका अध्यक्ष गुरुङले भिसा लागेका कामदारको विवरण मन्त्रालयमा बुझाइसकेको बताए। वैदेशिक रोजगार विभागको ताहाचल कार्यालयका निमिक्त प्रमुख इन्द्रदेव पाण्डेले भने पटकपटक प्रयास गर्दा पनि फोन ‘रिसिभ’ गरेनन्।

मन्त्रीको निर्णयपछि मलेसिया नेपाली कामदार जान बन्द भएको छ। ५ हजार ७ सय ७५ जनाको कलिङ भिसा आए पनि थप प्रक्रियाका लागि नलगिएको अध्यक्ष गुरुङले बताए।

यो पनि पढ्नुहोस्

नयाँ सम्झौता नभएसम्म नेपालीलाई मलेसिया नपठाइने

नयाँ सम्झौता नभएसम्म नेपालीलाई मलेसिया नपठाइने

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?