पहिलोपटक प्रदेश ७ को संसद अवरुद्ध, बजेटप्रति विपक्षी दलको असहमति

पहिलोपटक प्रदेश ७ को संसद अवरुद्ध, बजेटप्रति विपक्षी दलको असहमति
+
-

धनगढी- प्रतिपक्षी दल नेपाली काग्रेस र राट्रिय जनता पार्टी (राजपा) ले प्रदेश ७ को संसद अवरुद्ध गरेका छन्।

सरकारले असार १ गते ल्याएको बजेटमाथिको छलफलका लागि बोलाइएको सोमबारको प्रदेश सभा बैठकको सुरुमै प्रतिपक्षी दल नेपाली काग्रेस र राजपाका सांसदले उठेर विरोध जनाएका थिए।

त्यसपछि सभामुख अर्जुनबहादुर थापाले प्रमुख प्रतिपक्षी काग्रेसका ससदीय दलका नेता रणबहादुर रावललाई बोल्ने समय दिए।

‘नीतिगत र सैद्धान्तिक रुपले बजेट आएन। लक्षित वर्गलाई बजेटले छुन सकेन तर, सत्ता पक्षका कार्यकर्ता पोस्ने प्रवृतिले बजेट ल्याइयो,’ रावलले आक्रोश पोख्दै भने, ‘बहुमतको दम्भले ल्याइएको बजेटलाई हामी कदापि स्विकार्दैनौँ।’

विपक्षीको अवरोधका कारण सोमबारको बैठक कार्यसूचीमै प्रवेश गर्न नपाउँदै सभामुख थापाले मंगलबार ४ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरे।

विपक्षी दलले सरकारले बजेट ल्याएदेखि नै बजेटप्रति असन्तुष्टि जनाउँदै आएको थियो।

बजेट ल्याउनुअघि आफूसँग छलफल गरिएपनि दिइएका सुझावलाई समावेश नगरिएको, बजेट वितरणमुखी भएको, प्रदेशका गौरवका आयोजना नसमेटिएको भन्दै उनीहरुले बजेटको छलफल सुरु भएदेखि नै विरोध गर्दै आएको थियो।

असार ७ गते बसेको बैठकमा समेत काग्रेस र राजपाका सांसदले ससद अवरुद्ध गर्ने चेतावनी मात्रै दिएका थिएनन्, उनीहरुले भण्डाफोर अभियान नै सञ्चालन गर्ने बताएका थिए।

प्रदेश सरकार गठनपछि विपक्षी दलले पहिलो पटक ससद अवरुद्ध गरेका हुन्। यसअघि कहिल्यै पनि प्रदेश ७ को ससद अवरुद्ध भएको थिएन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?