कोदालोले हानेर सशस्त्रका हबल्दारले गरे श्रीमतीको हत्या

कोदालोले हानेर सशस्त्रका हबल्दारले गरे श्रीमतीको हत्या
+
-

धनगढी – कैलालीमा श्रीमतीले श्रीमानलाई भिरबाट खसालेर हत्या गरेको खबर आएकै बेला छिमेकी जिल्ला कञ्चुनपरमा पनि एक व्यक्तिले फरुवा (कोदालो) ले हिर्काएर श्रीमतीको हत्या गरेका छन् ।

भीमदत्त नगरपालिका–८ तिलाचौरका ३७ वर्षका केशव कार्कीले २६ वर्षकी श्रीमती सरस्वति कार्कीको मंगलबार बिहान खेतमा फरुवाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

कञ्चनपुरका प्रहरी उपरीक्षक डिल्लीराज विष्टले खेतमा काम गरिरहेका बेला सामान्य विवाद हुँदा आवेसमा आएका हबल्दार कार्कीले फरुवाले हिर्काउदा सरस्वतिको घटनास्थलमै ज्यान गएको जानकारी दिए ।

उनले श्रीमतीको हत्या गर्ने केशवलाई पक्राउ गरि घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिए ।

श्रीमतीको हत्या गर्ने केशव सशस्त्र प्रहरी हबल्दार रहेको र उनी सीमा सुरक्षा बल लमही दाङमा कार्यरत रहेको बुझिएको छ । उनी केही दिन अघि मात्रै रोपाइँ गर्नका लागि घर आएका थिए ।

यो पनि पढ्नुहोस्

कैलालीमा भासुको भिरबाट खसालेर श्रीमानको हत्या, श्रीमती प्रेमीसहित पक्राउ

कैलालीमा भासुको भिरबाट खसालेर श्रीमानको हत्या, श्रीमती प्रेमीसहित पक्राउ

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?