काठमाडौं- विश्वभर सबैभन्दा धेरै इन्टरनेटमा खोलिने ब्राउजर हो गुगल क्रोम। तर, प्रविधिको प्रयोग र पहुँचसँगै पछिल्लो समय क्रोमलाई टक्कर दिन मोजिला ‘फायर फक्स’ले तयारी गरिरहेको छ।
फायरफक्स कुनै नयाँ नाम त होइन। यसले सन् २००२ मा पहिलो पटक नि:शुल्क र ओपन सोर्स ब्राउजर भनेर सार्वजनिक गरिएको थियो। यसलाई मोजिला फाउन्डेशनले निर्माण गरेको थियो। उसले आफ्नो वेबसाइटमा भनेको पनि थियो, ‘इन्टरनेटसम्म पुग्न/पुर्याउन ग्यारेन्टी दिन सधैँ तत्पर रहन्छ।’
जब सन् २००८मा क्रोम सार्वजनिक भयो, विस्तारै विस्तारै उसले फायरफक्सको बजार आफ्नो कब्जामा लियो। तथ्याङ्क प्रस्तुत गर्ने वेबसाइट स्टाटिका डटकमका अनुसार यो वर्ष ६७ प्रतिशत इन्टरनेट ट्राफिक गुगल क्रोम ब्राउजरबाट आएको देखिएको छ।
यस्तै बाँकी ब्राउजरहरु धेरै पछाडि छन्, त्यसमा ११ प्रतिशत फायरफक्स, ७ प्रतिशत एक्सप्लोरर तथा ५ प्रतिशत सफारीले ओगटेको छ। तर पनि मोजिलाले पछिल्लोपटक एउटा क्वान्टम ब्राउजर जारी गरेका छन् जसले महिना दिनमै आफ्नो फलोअर्स ह्वात्तै बढाएका छन्।
१.प्राइभेसी
फायर फक्समा इन्स्टल हुने एक्सटेन्सन क्रोमसँग कमै प्रतिस्पर्धा गर्छ तर सुरक्षा भने धेरै दिने बताइएको छ।
निशुल्क ब्राउजरमा पनि उपभोक्ताले त्यस्तो फिचरलाई सक्रिय बनाउन सक्छन् जसले निजी तथ्याङक संकलन गर्नबाट रोक्न सक्ने दाबी गरिएको छ। तर क्रोममा यस्तो गर्न उपभोक्ताले तेस्रो पार्टीको एक्सटेन्सन प्रयोग गर्नु पर्ने हुन्छ।
यसका साथै फायरफक्स क्वान्टममा फेसबुकलाई सीमित दिने समेत सुविधा दिइएको छ। यसले ग्राहकको सामाजिक सञ्जालमा प्रोफाइल छुट्टै रहनेछ भने ब्राउजरमा उसको गतिविधिलाई ट्रयाक कसैले चाहेर पनि गर्न सक्दैन।
अर्को चूङकी फायरफक्स एउटा नि: शुल्क ब्राउजर हो।त्यसको माध्यमबाट व्यावसायिक उद्देश्यलाई भने पू्र्ति गर्न सक्दैन। तथ्याङक संकलन गरेर विज्ञापनको लागि बेच्ने उसको कुनै उद्देश्य छैन।
२. स्पिड
केही वेबसाइटले भने फायरफक्सको स्पीड क्रोमको भन्दा धेरै राम्रो छ भने केहीले क्रोमलाई नै फास्ट मान्छन्। तर न्यूयोर्क टाइम्सका टेक्नोलोजी एक्सपर्ट ब्रायन एक्स शेनले एउटा लेखमार्फत क्रोमभन्दा फायर फक्सको गति फास्ट भएको बताएका छन्।
उनले भनेका छन्, ‘मैले गुगल क्रोम र फारयरफक्स दुवैलाई महिनौ दिनसम्म खोलेर चलाए जसमध्ये फायरफक्स अगाडि देखायो।’ उनका अनुसार फायरफक्सले संसाधनलाई सही ढंगबाट प्रस्तुत गर्नुका साथै प्रयोग पनि उचित तरिकाले गर्छ। त्यस्तै क्रोममा जहिले पनि नयाँ ट्याब खोल्दा प्रोसेसिङ गर्न सुरु गर्छ, जसले कम्प्युटरलाई निक्कै ‘स्लो’ बनाइदिन्छ।
३.डेटाको खपत कम
वास्तवमा ब्राउजरलाई फास्ट र हल्का बनाउन मेमोरीको आवश्यकता पर्छ। तर मोजिलाले फायरफक्स क्वान्टममार्फत ३० प्रतिशत कम र्याममा समेत तीव्र गतिमा चलाउन सकिने दाबी गरेको छ। उसले ब्याट्रीलाई पनि ध्यान दिएर ब्राउजरलाई विकास गरेको छ।
स्तम्भकार शेनलले भनेका छन्, ‘नेटफ्लिक्सको भिडियो लगातार धेरै लोमा चलाए पनि क्रोमसँग फायरफक्सले २० प्रतिशत ब्याट्री जोगाइदियो।’उनले क्वान्टम फायरफक्सले दीगो रुपमा यात्रा गर्नको लागि यस्तो बनाइएको दाबी गरेका छन्।
यस्तै एउटा गैर नाफामुलक डिजिटल संगठन इलेक्ट्रोनिक फ्रन्टियर फाउन्डेशनका सेक्यूरिटी रिसर्चर कपूर क्विन्टीनले न्यूयोर्क टाइम्ससँग भनेका छन्, ‘ यस्तो लाग्दैछ की फायरफक्सले आफूलाई प्राइभेसी-फ्रेन्डली ब्राउजरको रुपमा स्थापित गरिसकेका छन्। साथै सुरक्षाको मामिलामा पनि ऊ क्रोमभन्दा एक कदम अगाडि देखिएको छ।’