 
                            काठमाडौँ- सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ लाई पूर्णरुपले कार्यन्वयन हुन नसकको भन्दै यसको नियमनण र नियन्त्रण गर्नुपर्नेमा सरोकारवालहरुले जोड दिएका छन्।
मंगलबार राजधानीमा सूर्तिजन्य पदार्थको नियमन र नियन्त्रण सम्बन्धी कानूनबारे आयोजित अन्तरक्रिया कार्यक्रममा सरोकारवाले गुनासो गरेका छन्।
कार्यक्रममा एकस्न नेपालका अध्यक्ष आनन्द बहादुर चन्द्रले सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने ) ऐन २०६८ का अनुसार उत्पादकले सूर्तिजन्य पर्दाथ बिक्रि बितरण अघि त्यसको पदार्थमा भएको निकोटिनको मात्रा, हानीकारक तत्व लगायतका आवश्यक प्रचार सामग्री नराखेको बताए।
उनले भने, ‘सूर्तिजन्य पर्दाथ बिक्रि बितरण अघि त्यसको पदार्थमा भएको निकोटिनको मात्रा, हानीकारक तत्वको बारेमा राखिएको छैन। सूर्तिजन्य पदार्थको बिक्रि वितरण तथा प्रदर्शनमा पनि बन्देज हुन सकेको छैन।’
यस्तै स्वास्थ्य पत्रकार मञ्चकी अध्यक्ष कल्पना अर्चायले अहिलेको परिवेशमा ऐन कानून आइसकेपछि पनि नगरिकलाई थाहा नभएको भनेर सरकारी निकाय पन्छिन नमिल्ने बताइन्। उनले भनिन्, ‘ऐन कार्यन्वयनका बारेमा संचारमाध्यमले गर्ने महत्वपूर्ण पैरबीको काम अझ धेरै ससक्त रुपमा बढाउन जरुरी छ।’
उपस्वास्थ्य प्रशासक डा नरेन्द्र कुमार झाले यसले आर्थिक, सामाजिक र सांस्कृतिक क्रियाकलापमा समेत नकारात्मक असर पर्ने भएकाले यस्ता कार्यलाई सरकार, सम्बधित निकाय , संचारमाध्यम, नगरिक समाज सबै मिलेर निरुत्साहित गर्नु पर्नेमा जोड दिए।
सार्वजनिक स्थलमा धूम्रपान तथा सूर्ति सेवन गर्न नहुने, सूचना टाँस गर्नु पर्ने घर तथा निजि सवारी साधनभित्र धूम्रपान गर्न नहुने जस्ता ऐन कार्यन्वयन गराउनु पर्नेमा सहभागिहरुले बताएका थिए।

 
                                                                                                                     
                             
                             
                             
                             
                             
                             भर्खरै
भर्खरै लोकप्रिय
लोकप्रिय 
                                         
                                         
                                         
                                         
                                        
 
                 
                 
                 
                 
                 
                 
                 
                 
                





















 
 





































































 
 







































 
 

































































