
चितवन – नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण फेरि अवरुद्ध भएको छ । बुधबार बिहान चारकिलो भन्ने ठाउँमा पहिरो खसेका कारण बाटो अवरुद्ध भएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर गोविन्द खनालले जनाकारी दिए ।
पहिरो हटाउन झण्डै दुई घण्टा लाग्ने उनले बताए । यसअघि मंगलबार बिहान नाम्ची खोलामा खसेको पहिरोका कारण दिनभरजस्तो बाटो अवरुद्ध भएको थियो । मंगलबार दिउँसो ४ बजेतिर मात्रै पहिरो पन्छाएर बाटो दुईतर्फी सडक खुल्ला गरिएको थियो ।