फकियो प्रतिपक्ष, अवरुद्ध प्रदेश ७ को संसद सुचारु

फकियो प्रतिपक्ष, अवरुद्ध प्रदेश ७ को संसद सुचारु
+
-

धनगढी- प्रदेश ७ को सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७५/७६ को बजेटप्रति असन्तुष्टि व्यक्ति गर्दै लगातार दुईं दिनदेखि ससद अवरुद्ध गर्दै आएका प्रतिपक्षी दललाई अन्तत सरकारले फकाएको छ।

बजेटप्रति असन्तुष्टि व्यक्त गर्दै प्रतिपक्षी दल नेपाली काग्रेसले र राष्ट्रिय जनता पार्टी (राजपा) ले सोमवार र मगलवार ससद अवरुद्ध पारेका थिए।
त्यसपछि नै छलफल थालेको सरकारले अन्ततः प्रतिपक्षलाई मनाएको हो।

छलफलमा बजेटबारे पुनः विचार गर्ने सरकारले आश्वासन दिएसगै दुई दिनदेखि अवरुद्ध ससद पनि बुधवारदेखि सुरु भएको छ।

बुधवारको प्रदेश सभा बैठकको विशेष समयमा बौल्दै नेपाली काग्रेसका सांसद भरत बहादुर खडकाले आफ्ना माग प्रति सरकार सकारात्मक रहेको बताए।

‘छलफल सकरात्मक भएको छ । अव छलफलमा भएका सहमति कार्यान्वयन हुनुपर्छ ।’ खडकाले भने।सरकारका तर्फबाट बुधवारको प्रदेश सभा बैठकको विशेष समयमा बोल्दै समाजिक विकाश मन्त्री दिर्घ सोडारीले प्रतिपक्षी दलको माग प्रति सरकारको गम्भीर रहेको जानकारी गराए।

बजेटको कार्यान्वयनलाई लिएर प्रतिपक्ष दल बढी चिन्तीत रहेको प्रसंग उल्लेख गर्दै मन्त्री सोडारीले भने, ‘विधी र प्रक्रिया पुर्‍याएर बजेटलाई कार्यन्वयनमा लैजान्छौ।’

बुधवारको प्रदेश सभा बैठकमा प्रतिपक्षी दलका असन्तुष्टिलाई सम्बोधन गर्ने सन्र्दभमा विषेश समयको माग भएपछि कार्र्य सुचिलाई हटाइएको थियो।
प्रदेश सभाको अर्को बैठक विहिवार बिहान ८ बजेको लागि बोलाईएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?