धादिङमा पहिरोका कारण पाँचजनाको मृत्यु भएको पुष्टि

धादिङमा पहिरोका कारण पाँचजनाको मृत्यु भएको पुष्टि
+
-

धादिङ – लगातारको वर्षासँगै पहिरो जाँदा धादिङमा पाँचजनाको ज्यान गएको पुष्टि भएको छ ।

खनियाबास गाउँपालिका–५ सईसरामा बुधबार मध्य रातमा पहिरो जाँदा स्थानीय राजबहादुर गुरुङ्गको परिवारका तीनजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकृत डिएसपी रामबहादुर केसीले जानकारी दिए ।

ज्यान गुमाउनेमा राजबहादुरकी ३३ वर्षकी श्रीमती बसुता तथा १० वर्षकी छोरी लक्ष्मी र ५ वर्षकी छोरी सरस्वतीको रहेको डिएसपी केसीले जानकारी दिए । राजबहादुर भने बाँच्न सफल भएका छन् ।

यस्तै मध्य रातमै खनियाबास–४ चिउरीबोटमा पहिरो जाँदा पुरिएर दुईजनाको ज्यान गएको छ । पुरिएका ६५ वर्षका शमशेर घले र उनकी श्रीमती ६२ वर्षकी कोप्ची घलेको शव निकालिएको डिएसपी केसीले जनाकारी दिए ।

बाटोमा ठाउँठाउँमा पहिरो गएकाले आफूहरु पुग्न समय लागेको प्रहरीले बताएको छ । अहिले उद्धार तथा खोजीको काम भइरहेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?