
काठमाडौँ – नृत्य निर्देशक रेनिशा वान्तवा राईको चलचित्र इन्टु मिन्टु लण्डनमाको ट्रेलर आज सार्वजनिक भएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गरेर चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो।
यो चलचित्रमा नायिका साम्रागी राज्य लक्ष्मी शाह अनि नव नायक धिरज मगरको प्रेम सम्बन्ध देख्न सकिन्छ। निर्देशकको रुपमा रेनिशाले डेब्यिु गरेकी छिन् भने नायक धिरज मगरको पनि यो पहिलो चलचित्र हो। चलचित्रको सुटिङ् लण्डन र नेपालमा गरिएको छ। चलचित्र अशोज ५ मा रिलिज हुँदैछ।