
काठमाडौँ – मनसुन सक्रिय भएकाले देशभर पानी पर्ने हुँदा बाढीको खतरा हुने भन्दै सचेत रहन जल तथा मौसम विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाले सचेत रहन आग्रह गरेको छ ।
आइतबार रोमबार चुरे तथा महाभारत शृङ्खला भएर बग्ने प्रायः सबै खोला तथा नदीमा बाढी आउने सम्भावना रहेकाले आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको हो ।
गोरखा, धादिङ, लमजुङ तथा कास्कीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले बाढी आउने जोखिम पनि हुन सक्ने बाढी पूर्वानुमान शाखाले जनाएको छ ।
आज र भोली चुरे र महाभारतबाट बहने प्राय सबै नदी आसपास रहनुहुनेहरू सतर्क रहौ । आज गोरखा, धादिङ, लम्जुङको, कास्कीको केही… https://t.co/BoIxVPq4N4
— Nepal Flood Alert! (@DHM_FloodEWS) July 1, 2018
विशेष गरी बागमती र नारायणी नदीको तटीय क्षेत्रका बासिन्दा सचेत हुनु पर्ने देखिएको छ । यस्तै कन्काई, कोशी, कमला, पश्चिम राप्ती, बबई, कर्णाली र महाकालीसहितका सबै मुख्य नदीमा पानीको बहाव बढ्दै गएको छ । सोमबार बिहानैसम्म सचेत हुन आग्रह गरिएको छ ।