काठमाडौँमा खानेपानीका ९२ प्रतिशत जारमा कोलिफर्म !

काठमाडौँमा खानेपानीका ९२ प्रतिशत जारमा कोलिफर्म !
+
-

काठमाडौँ – के तपाई जारको पानी पिउँदै हुनुहुन्छ ? यदि त्‍यसो भने तपाईंले एक पटक सावधानी अपनाउनुस्। यसले तपाईंको स्वास्थ्यमा गम्भीर असर पुर्‍याउन सक्छ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टले हालै गरेको अध्ययन अनुसार काठमाडौँमा बिक्री गरिने अधिकांश जारको पानीमा मानिसको दिसा मिसिने गरेको तथ्य फेला परेको छ। नाष्टले बेग्ला बेग्लै ५० ब्रान्डका जारको पानीलाई परीक्षण गर्दा ९२ प्रतिशत कोलिर्फम फेला परेको हो।

काठमाडौँ र ललितपुरमा रहेको रेष्टुरेण्ट, होटल, कलेजको क्‍यानटिन, किराना पसल लगायत पानी राख्‍ने विभिन्‍न जारमा गरिएको परीक्षणमा ९२ प्रतिशत कोलिफर्मको जीवाणु भेटिएको नाष्टका वरिष्ठ वैज्ञानिक अधिकृत भोजराज पन्तले बताए।

उनले भने, ‘ काठमाडौँ र ललितपुरमा पिउने गरिएको विभिन्‍न ५० ब्राणेडको जार पानीलाई परीक्षण गर्‍यौ। त्‍यसमा प्राय ९२ प्रतिशत कोलिफर्म नामक जीवाणु भेटायौ। यसले जारको पानी मानिसको स्वास्थ्यको लागि हानी कारक रहेको पुष्टि हुन्छ।’

नाष्टले तयार पारेको रिपोर्टमा याक एण्ड यति होटल, एनसीआइटी कलेज, क्वालिटी फूड, एकान्तकुना र नख्‍खु, मेगा हस्पिटल, धोबीघाट, बाजेको सेकुवा सिनामंगल लगायतका ५० वटा ठाउँबाट लिइएको नमुनामा कोलिफर्मको जीवाणु फेला परेको छ।

जारमा भरिने अधिकांश पिउने पानी इनार, धारा र खोलाबाट ल्‍याइएको हुन सक्‍ने नाष्टको दाबी छ। जसमा इनारको पानीमा भेटिने अमुनिया, आइरन तथा धमिलो पानीले श्वासप्रश्वास तथा बच्चाको नसा निलो हुने रोग लाग्ने,कोलिर्फमले पखाला लगाउने लगायत अन्य समस्या देखा पर्छन्। लामो समयसम्म प्रदूषित पानीको उपयोगले विभिन्‍न संक्रणात्मक रोग देखा पर्ने चिकित्सकको भनाई छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?