नेपालगञ्ज जलमग्न, दुईजना बेपत्ता

नेपालगञ्ज जलमग्न, दुईजना बेपत्ता
+
-

नेपालगञ्ज – लगातार परेको पानीका कारण नेपालगञ्जका अधिकांश क्षेत्र जलमग्न भएका छन् । आइतबार रातिदेखि परेको पानीका कारण नेपालगञ्जको मुख्यबजार क्षेत्र डुबानमा परेको छ ।

सेतु बिक चोक, न्यूरोड, बसपार्क, घरबारीटोल, धम्बोझी, गणेशपुर, फूल्टेक्रा, बुलबुलिया, बेलासपुर जलमग्न भएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाले राम्ररी नाली सफा गरेर निकास दिन नसकेपछि यो वर्ष अलि धेरैबेर परेको पानीले धेरै ठाउँ डुबानमा परेका छन्। नेपालगञ्जका यी बजार क्षेत्र भने वर्षेनी डुबानमा पर्ने गर्दछन् ।

मुख्य बजार क्षेत्र नै डुवानमा परेपछि नेपालगञ्जका मेयर र उपमेयरको सामाजिक सञ्जालमा कडा आलोचना गरिएको छ । ‘नेपालगञ्ज बजारमा आउनु परेमा डुंगा लिएर आउनु होला’ जस्ता शब्द लेखेर मेयर र उपमेयरमाथि व्यंग्य गरिएको छ ।

यता, नेपालगञ्ज उपमहानगरपालिकाले भने ढल निकास र नाली सफाईको काम तीव्र गतिमा गरिरहेको जनाएको छ ।

यसैबिच, आइतबार रातिदेखि परेको अबिरल वर्षाका कारण बैजनाथ गाउँपालिकाको जेठीनालामा दुई जना बेपत्ता भएका छन् । स्थानीय ६५ वर्षका तुलाबहादुर बुढा खोला तर्ने क्रममा बेपत्ता भएको प्रहरीले बताएको छ ।

त्यही खोलामा पौडी खेल्ने क्रममा लोकबहादुर सुनार बेपत्ता भएका छन् । दुवैको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?