
धनगढी- आइतबार रातिदेखि निरन्तर रुपमा परिरहेको वर्षाका कारण कैलालीमा करिव दुई दर्जन घर डुबानमा परेका छन्।
जिल्लाको भजनी नगरपालिकाको लालबोझी, थापापुर लगायत दक्षिणी पूर्वी क्षेत्रमा घरहरु डुवानमा परेको प्रहरी जनाएको छ।
‘अहिलेसम्म करीब दुई दर्जन घर डुबानमा परेका छन्।’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरेले भने, ‘डुवान क्षेत्रमा सुरक्षा निकाय र स्थानीय स्वयमसेवक परिचालन गरेका छौ।उद्धारको कार्य जारी छ।’
कैलालीको मध्य क्षेत्रनमा बग्ने कान्द्रा, काँडा नदीमा पानीको बहाव बढदा से क्षेत्रमा डुबान भएको हो। सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले वर्षा नरोकिएकाले बिस्थापित परिवारको संख्या बढ्न सक्ने बताए।
उनले भने, ‘लगातार वर्षा भर्इंरहेको छ। त्यसैले त्यो क्षेत्रमा प्रहरी, सशस्त्र प्रहरीलाई अर्लट अवस्थामा राखिएको छ।’ निरन्तरको वर्षासँगै कैलालीका नदीहरुमा पानीको सतह बढेको छ।
वर्षाका कारण अत्तरीया बजार र आसपासका क्षेत्र जलमग्न भएका छन भने निर्माणाधिन मोहनापुल–अत्तरीया छ लेन सडकमा आवतजावत गर्न समस्या भएको छ।