ओली सरकारले उल्ट्यायो देउवा सरकारका नियुक्तिहरु, चिकित्सा विधेयक परिमार्जन गरिने

ओली सरकारले उल्ट्यायो देउवा सरकारका नियुक्तिहरु, चिकित्सा विधेयक परिमार्जन गरिने
+
-

केपी ओली सरकारले पछिल्लो शेरबहादुर देउवा मन्त्रिपरिषदले गत भदौ १४ गतेयता फागुन २ गतेसम्म गरेका सबै नियुक्तिका निर्णयहरु उल्ट्याउने भएको छ।

बुधबार राति बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। यसअनुसार विभिन्न ठाउँमा देउवा सरकारले नियुक्त गरेका पदहरुमा ओली सरकारले पुनर्नियुक्ति गर्ने भएको हो। त्यस्तै, बैठकले संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयकलाई फिर्ता गरेर अर्को परिमार्जित विधेयक लैजाने निर्णयसमेत गरेको छ।

त्यस्तै, वाणिज्य सचिव चन्द्र घिमिरेलाई चीनमा पारवहन सन्धिका लागि पठाउने निर्णयसमेत मन्त्रिपरिषद् बैठकले गरेको छ।

सरकारले स्थानीय तहका निर्वाचित पदाधिकारीहरुले आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने र त्यसको विवरण जिल्ला समन्वय समितिमा राख्ने निर्णयसमेत गरेको छ।

त्यस्तै प्रदेश सरकारका सांसद तथा मन्त्रीहरुको सम्पत्ति विवरण पनि मुख्यमन्त्रीले राख्नुपर्ने निर्णयसमेत बैठकले गरेको छ।

 

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’