मेची भन्सार कार्यालयमा एक्सरे मसिनद्वारा सामानको चेकजाँच सुरु

मेची भन्सार कार्यालयमा एक्सरे मसिनद्वारा सामानको चेकजाँच सुरु
+
-

काँकरभिट्टा– भन्सार कार्यालयहरुमा चोरी निकासी पैठारी भइरहेका गुनासाका माझ बिहीबारदेखि मेची भन्सार कार्यालय काँकरभिट्टामा ‘एक्सरे मेसिन’ सहित एकद्वार भन्सार चेकजाँच प्रणाली सुरु भएको छ । मेची भन्सार कार्यालयले चोरी तस्करी र अवैध ओसारप्रसार नियन्त्रण गर्न अत्याधुनिक मेसिनसहित भन्सार चेकजाँच प्रणाली सुरु गरेको जनाएको छ ।

एक्सरे मेसिन सञ्चालनमा ल्याइएसँगै मेची भन्सार कार्यालयको भन्सार जाँच टोली, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म काँकरभिट्टाको संयुक्त टोलीले एकै ठाँउबाट चेकजाँच गर्न थालेका छन् । मेची भन्सारले प्रयोगमा ल्याइएको एक्सरे मेसिन र एक द्वार भन्सार चेकजाँच प्रणालीले उपभोक्ता तथा पर्यटकहरुलाई भने पटक–पटक सामान देखाउनु पर्ने झन्झटबाट मुक्ति मिलेको छ ।

पूर्वी नाकाबाट नेपाल प्रवेश गर्ने यात्रु तथा व्यवसायीहरुले ल्याउने विभिन्न समाग्रीको भन्सार छली, कम मूल्यांकन तथा चोरी तस्करीलाई निरुत्साहित गर्दै सुरक्षा व्यवस्था सुदृढ पार्न उक्त जाँच प्रणालीको सुरु गरिएको मेची भन्सार कार्यालयका प्रमुख टेकबहादुर अर्यालले बताए । ‘यहाँबाट यात्रुको आगमन बढ्दै गएको छ’ अर्यालले भने, ‘उहाँहरुको सहजता र भन्सार छली, अवैध सामानको पैठारी लगायत सुरक्षाको दृष्टिकोणले यो प्रणाली प्रभावकारी हुन्छ ।’

यसअघि नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सारका कर्मचारीहरुले बेग्लाबेग्लै स्थानबाट चेकजाँच गर्ने गरेका थिए । चेकजाँचकै क्रममा तिनवटा संगठन बिच पटक–पटक झगडा तथा विचलन हुँदै आएको थियो ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?