
काठमाडौँ – जनता बैंकले विकट क्षेत्र कर्णाली प्रदेशको जुम्लामा ३ दिने बृहत स्वास्थ्य शिविर तथा आँखा शिविर सम्पन्न गरिएको छ ।
जुम्लाको तातोपनी गाउँपालिकामा आषाढ १६, १७ र १८ गते बृहत स्वास्थ्य शिविर संचालन गरिएको हो । नेपाल नेत्र ज्योती संघ, हिमालय आँखा अस्पताल, पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
आँखा परिक्षण तथा मोतिबिन्दुको अप्रेश, स्त्री तथा प्रसूती रोग र सामान्य स्वास्थ्य परिक्षणको शिविर संचालन गरिएकोमा कूल १ हजार १ सय ४५ जनाले स्वास्थ्य परिक्षण गराएका थिए ।
एक हजार जनाको आँखा परिक्षण गरिएकोमा १ सय जना भन्दा बढीमा मोतिबिन्दुको समस्या देखिएको छ ।
सो मध्ये मोतिबिन्दुले ग्रस्त भइ सकेका ४९ जना विरामीको निःशुल्क अपरेशन गरिएको छ भने अन्यलाई आवश्यक औषधि र चस्मा पनि निःशुल्क वितरण गरिएको छ ।
सोही अवसरमा जनता बैंकको तर्फबाट स्थानीय स्वास्थ्य चौकीलाई ५० हजार मूल्य वरावरको औषधि पनि वितरण गरिएको छ ।
तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपाने मार्फत तातोपानी शाखाका शाखा प्रबन्धक बिनोदकुमार आचार्यले उक्त औषधिहरु हस्तान्तरण गरेका हुन् ।