नारायणगढ–मुग्लिन सडक वर्षामा पर्ख र हेरको अवस्थामा

नारायणगढ–मुग्लिन सडक वर्षामा पर्ख र हेरको अवस्थामा
+
-

चितवन -नारायणगढ–मुग्लिन सडकखण्डको चोरखोलादेखि टोपेखोलासम्म निरन्तर खसिरहेको पहिरो यस वर्ष रोक्न सम्भव नरहेको विज्ञहरुले बताएका छन् ।

वर्षात् भएसँगै मुग्लिनबाट चार किलोमिटर नारायणगढतर्फ पर्ने टोपेखोला र तीन किलोमिटर ३०० मिटर दूरीमा पर्ने टोपेखोलाबीचको ७०० मिटर क्षेत्रमा पहिरो खस्ने गरेको छ । सोही क्षेत्रमा चारकिलो भन्ने क्षेत्र पनि पर्छ ।

अधिकांश पहिरो टोपेखोला, चारकिलो र चोरखोलामा खस्ने गरेको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका भू–प्रविधिसम्बन्धी परामर्शदाता टुकलाल अधिकारी सो क्षेत्रमा खसेको पहिरो यो वर्षात्मा नियन्त्रण गर्न नसकिने बताए । उनले सामान्य ढंगबाट पानी तर्काएर पहिरो घटाउने र सुरक्षा सावधानी अपनाउनेबाहेक अन्य उपाय नभएको बताए ।

सो ठाउँको माटो खुकुलो भएको र चट्टानहरु साना साना टुक्रा रहेका कारण तत्काल रोक्न नसकिने र स्वायल नेल प्रविधि अपनाउनुपर्ने अधिकारीले बताए । उनका अनुसार यो प्रविधिमा १० देखि १५ मिटरको रड भित्तोमा ड्रिल गरेर छिराउनुपर्ने हुन्छ । रडसँग पाइपको माध्यमबाट सिमेन्ट छिराएर भित्रको मजबुत लेयरसँग बाँध्नुपर्ने हुन्छ । बाहिरपट्टि पनि रडसँगै सिमेन्टले भित्तो ढलान गर्नुपर्ने उनले बताए ।

हिउँदको समयमा मात्रै यो प्रविधिबाट काम गर्न सकिने बताउँदै उनले मनसुन बन्द भएपछि विज्ञहरुले यसको अध्ययन गरी डिजाइन तयार गरेर काम गर्नुपर्ने बताए । सरकारले ध्यान दिएर समयमै काम थालेमा अर्को वर्षको वैशाख जेठसम्ममा यो प्रविधिबाट पहिरो रोक्न सकिने उनको भनाई छ ।

यो प्रविधि उच्चस्तरको र निकै खर्चिलो भएको पनि उनले बताए । यो प्रविधिबाट पहिरो रोक्दा काम थोरै देखिने तर लागत धेरै लाग्ने गर्छ । कुलेखानीको बाँधको दुवैतर्फ, अरनिको राजमार्गलगायतका ठाउँमा यो प्रविधिबाट पहिरो नियन्त्रण गर्ने काम भएको उनले बताए ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुराल विज्ञहरुले विभिन्न उपायहरु बताइरहेको भए पनि मनसुन नहटेसम्म पहिरो रोक्ने कुनै पनि काम गर्न नसकिने बताउछन । एकै क्षेत्रमा पहिरो खसिरहेको भन्दै उनले अहिले सावधानी अपनाउने र यथाशक्य छिटो पहिरो हटाउनेतर्फमात्रै आयोजना लागेको बताए ।

स्वायल नेलजस्तै गरी युरोपियन क्रिस्मर प्रविधिबाट पनि पहिरो रोक्न सकिने विज्ञहरुले सुझाव दिएको उलले बताए । यो प्रविधिमा बाहिर फलामको पाता राखेर भित्र ड्रिल गरी बलियो भागसँग जोड्ने काम गरिन्छ । यसका अतिरिक्त विभिन्न सुझाव आइरहेको भन्दै उनले मनसुन सकिएपछि विज्ञहरु बोलाएर विस्तृत अध्ययन गरी उपयुक्त उपायको खोजी गरिने बताए ।

वर्षात्मा ठूलो पहिरो खसेर पहाडले आफैँ सतह मिलाएमा पहिरो नियन्त्रण सामान्य ढंगले गर्न सकिने पनि उनले बताए । त्यसको पर्खाइमा पनि आयोजना रहेको छ ।

आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सो क्षेत्रको टोपेखोला र चोरखोलामा १०० मिटरमाथिबाट पहिरो खसेको छ भने चारकिलोमा ७० मिटर माथिबाट पहिरो खसेको छ । खनालका अनुसार चारकिलोको डाँडो साना–साना ढुंगाले अड्याएको कमजोर भौगोलिक बनोटको छ भने चोरखोला र टोपेखोलामा माटोको मात्रा बढी र खुकुलो रहेको छ ।

उक्त क्षेत्रमा तीन मिटरसम्म भित्तो काटेर सडक विस्तार गरिएको छ । नारायणगढ–मुग्लिन सडकखण्ड स्तरोनतिको काम अन्तिम चरणमा पुगेको छ । यसै क्रममा अधिकांश ठाउँमा भित्तो काटेर सडक चौडा गरिएको छ ।

सो सडकको अन्य ठाउँको भित्तो कडा चट्टान र खँदिलो माटो भएकाले पहिरो रोक्ने काम सहज बनेको छ । सडकका अन्य ठाउँमा पहिरो रोक्नका लागि बायोइञ्जिनियरिङ, रक बोल्टिङ, नेट मिटिङलगायतका प्रविधि प्रयोग गरिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?