श्रीमान्‌लाई भासु भीरबाट खसाल्नेदेखि बलात्कारपछि हत्या गर्ने सार्वजनकि

श्रीमान्‌लाई भासु भीरबाट खसाल्नेदेखि बलात्कारपछि हत्या गर्ने सार्वजनकि
+
-

धनगढी- जिल्ला प्रहरी कार्यालय कैलालीले श्रीमान्‌लाई भीरबाट खसालेर हत्या गर्नेदेखि लिएर बलात्कारपछि युवतीको हत्या गर्ने अलग अलग घटनाका ८ जना अभियुक्तहरु सार्वजनिक गरेको छ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रहरीले जिल्लाका विभिन्‍न स्थानमा घटेका तीन वटा अपराधिक घटनामा सग्लनलाई सार्वजनिक गरेको हो।

प्रहरीले गौरीगगा नगरपालिकामा युवतीको बलत्कारपछि हत्यामा संग्लग्‍न ५ जना, प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने २ जना र श्रीमतीको हत्या गर्ने १ जना गरी ८ जनालाई एकै दिन सार्वजनिक गरेको हो ।

कैलालीको गौरीगंगा नगरपालिका, ११ कटान बस्ने २१ वर्षकी माया विकको सामूहिक बलात्कारपछि हत्या गरेको अभियोगमा सोही नगरपालिकाको ११ शिवपुरका ३० वर्षका गणेश बडु्वाल, २७ वर्षका मनोज बोगटी, २१ वर्षका सुरज चौधरी, २० वर्षका भुवन खाती र १९ वर्षका तपेन्द्र बोगटीलाई प्रहरीले सार्वजनिक गरेको हो ।

कैलालीका प्रहरी उपरीक्षक बिनोद घिमिरेले पाँचै जनाले मिलेर मायाको बलत्कारपछि हत्या गरेको अनुसन्धानबाट खुलेको जानकारी दिए ।
गएको असार १२ गतेदेखि हराएकी माया असार १५ गते घर नजिकैको जंगलमा मृत भेटिएकी थिइन् । उनको पछाडीबाट हात बाधेको र मुखमा कपडा कोचेको अवस्थामा शव फेला परेको थियो ।

यस्तै, प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने गोदावरी नगरपालिका–१० की लक्ष्मी बडैला विष्ट र उनका प्रेमी दीपक खत्रीलाई पनि प्रहरीले सार्वजनिक गरेको छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–२ का तेजबहादुर बिष्टलाई भासु भीरबाट खसालेर हत्या गर्ने श्रीमति लक्ष्मी बडैला विष्ट  र उनका प्रेमी  दीपक खत्री। तस्बिर-दिनेश ठकूल्ला/देश सञ्‍चार

उनीहरुले असार ८ गते लक्ष्मीका श्रीमान कञ्चनपुरको पुनर्वास नगरपालिका–२ का तेजबहादुर बिष्टलाई भासु भीरबाट खसालेर हत्या गरेका प्रहरीले जनाएको छ।

यस्तै, बुधबार राति ९ बजे लम्किचुहा नगरपालिका २ मा श्रीमतीको हत्या गर्ने ईन्द्र चौधरीलाई पनि प्रहरीले सार्वजनीक गरेको छ। श्रीमतीसँगै मदिरा सेवन गरेका इन्द्रले सामान्य विवादमा श्रीमती गर्भा चौधरीको हत्या गरेको प्रहरी उपरीक्षक घिमिरेले जानकारी दिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?