
धनगढी – कैलालीको गौरीगंगा नगरपालिका ११ कटानकी २१ वर्षीया माया विक नगरपालिकाको सामाजिक परिचालिकामा असार ५ गतेदेखि कार्यरत थिईन् । उनीसँगै सोही नगरपालिका, ११ शिवपुरका ३० वर्षका गणेश बडुवाल र वर्ष २१ का सुरज चौधरी पनि सोही पदमा कार्यरत थिए ।
विवाहित गणेशले कार्यालय समयका बेला असार ८ गते मायालाई यौन प्रस्ताव राखे । तर उनले नकारिन् । त्यसको तिन दिनपछि ११ गते फेरि गणेशले मायालाई जवरजस्ती गर्न खोजे । मायाले तलाई देखाउुछ भन्दै धम्की दिईन् ।
योन प्रस्ताव नकार्नु र जबरजस्ती करणी गर्ने प्रयास बिफल भएपछि अपराधिक मानसिकताका गणेशले जसरी पनि मायासँग यौनसम्बन्ध राख्ने र परिआए हत्या गरिदिने योजना बनाए ।
गणेशले गौरीगगा नगरपालिका, ११ का २७ वर्षिय मनोज वोगटीलाई नगद रकम र जागिरको प्रलोभनमा पार्दै मायाको हत्या योजना बनाए।
मायाको हत्यापछि उनले पाउने जागिर आफुले पाउने प्रलोभनमा परेका मनोज उनको हत्या गर्न राजी भए ।
गणेशले मायाको हत्याका लागि गौरीगगा, ११ शिवपुरकै भुवन खाती र तपेन्द्र वोगटीलाई बोलाए भने मनोजले सामाजिक परिचालक सुरजलाई ।
पाँचै जना बसेर सामुहिक बलत्कारपछि हत्या गर्ने र शवको ठेगान लगाउने योजना बन्यो र उनीहरु असार १२ गते विहान ९ बजेदेखि नै मायालाई ढुकेर बसे ।
माया आउने वित्तिकै दुई जनाले मुख छोपेर हात पछाडी बाधेर जङगलमा लगे । मायाको मुखमा विरुवाका पात कोचियो, हात उनकै दोपट्टाले पछाडी बाधियो र बलत्कार गर्न सुरु गरियो ।
मुखमा पात कोचिएकी र हात बाधिएकी मायाले न बोल्न सकिन् न त प्रतिकार नै । सुरुमा भुवन खातीले बलत्कार गरे र त्यसपछि सुरज चौधरीले । पाँचै जनाले बलत्कार गरिसकेपछि मार्ने उनीहरुको योजना थियो । उनिहरुले सल्फास पनि सँगै लिएका थिए । तर, दुई जनाले बलत्कार गर्दागर्दै मायाको ज्यान गईसकेको अनुसनधानबाट खुलेको प्रहरीले जनाएको छ ।
शुक्रवार मायाको बलत्कारपछि हत्या घटनामा सग्लन पाँच जनालाई सार्वजनिक गर्न आयोजिक पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरेले भावुक हुदै भने, ‘यि यौन पिपासुले अति दर्दनाक र कायर तरिकाले घटना घटाए ।’
प्रहरीको योजना यसरी सफल भयो
घटना असार १२ गतेको थियो । १२ गतेदेखि माया वेपत्ता भएपछि आफन्तले दुई दिन आफै खोजी गरे तर, काही पनि फेला पारेनन्।
माया कही पनि फेला नपरेपछि परिवारले असार १४ गते ईलाका प्रहरी कार्यालय मसुरीयामा उजुरी दिए ।
त्यसपछि प्रहरी निरीक्षकको टोलीले खोजतलास गर्दा मायाको शव जेठ १५ गते जंगलमा सडेको, अर्धनग्न र हात पछाडी बाधिएको अवस्थामा फेला प¥यो ।
प्रहरीले मायाको बलत्कारपछि हत्या भएको आशकामा अनुसन्धान थाल्यो । १६ गते प्रहरी निरीक्षकको नेतृत्वमा अनुसन्धान समिति गठन गरियो भने १७ गते जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षकको टोली गठन गरि शुन्यवाट छानविन गरियो ।
‘घटना भएको ४ दिनपछि शव फेला पारेका थियौ । त्यसैले शुन्यबाट अनुसन्धान गर्नुपर्ने थियो ।’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरेले भने, ‘ईलाका प्रहरी कार्यालयमा परेका उजुरीमा आधारमा छानविन थालेका हौ । एक हप्तापछि सफल भयौ ।’
ईलाका प्रहरी कार्यालयमा यसअघि परेका उजुरीका आधारमा स्थानीयलाई पक्राउ गर्न थालेपछि मनोज वोगटी गाँउबाट फरार भएको सुचना प्रहरीलाई प्राप्त भयो ।
मुख्य योजनाकार गणेश वडुवाललाई अगाढी नै पक्राउ गरेपनि घटनाबारे अन्य तथ्य र व्यक्ति प्रहरीले पत्ता लगाउन सकेको थिएन ।
फरार भएका मनोजले आफन्तकोमा मायाको मोवाईल छोडेका थिए ।
मनोजका आफन्त मार्फत फोन गरि मनोजलाई दिल्लिबाट बोलाएर पक्राउ गरेपछि घटनामा सग्लन सवै पक्राउ परे र प्रहरीले शुक्रवार उनीहरुलाई सार्वजनिक समेत गरेको छ ।
घट्नामा संलग्नलाई कर्तव्य ज्यान तथा जबरजस्ती करणी अन्तर्गत मुद्दा चलाइने प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए ।